शिक्षित राजविराज, विकसित राजविराज’ अभियानको अर्को कदम : आधारभूत विद्यालयमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

spot_img

राजविराज,०३ असार । “शिक्षित राजविराज, विकसित राजविराज” महाअभियानअन्तर्गत राजविराज नगरपालिका–२ स्थित श्री आधारभूत विद्यालय, राजदेवी टोलमा विद्यार्थीहरूको बौद्धिक क्षमता, सामान्य ज्ञान तथा आत्मविश्वास अभिवृद्धि गर्ने उद्देश्यले हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरिएको छ।

विद्यार्थीहरूको उत्साहपूर्ण सहभागिताबीच सम्पन्न प्रतियोगिताले विद्यालयमा शैक्षिक तथा सिर्जनात्मक वातावरणलाई थप सुदृढ बनाएको सहभागीहरूले बताएका छन्। यस्ता कार्यक्रमले विद्यार्थीहरूमा स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्नुका साथै अध्ययनप्रति रुचि जगाउन र नेतृत्व क्षमता अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ।

नगरको शैक्षिक स्तर उकास्ने लक्ष्यसहित सञ्चालन हुँदै आएको “शिक्षित राजविराज, विकसित राजविराज” अभियान अन्तर्गत विभिन्न रचनात्मक तथा ज्ञानमूलक गतिविधिहरूलाई प्राथमिकता दिइँदै आएको छ। शैक्षिक अभियन्ता डा. सूर्य यादवको नेतृत्वमा अभियन्ता कौशल कुमार यादव र विनोद यादवको सक्रिय सहकार्यमा अभियानले निरन्तर सकारात्मक प्रभाव छाड्दै आएको छ।

अभियानसँग आबद्ध अभियन्ताहरूले गुणस्तरीय शिक्षा, सिर्जनशीलता र विद्यार्थीहरूको सर्वाङ्गीण विकासलाई केन्द्रमा राखेर आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने बताएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once