‘देश बनाउने टोली’ भन्दै बालेनको पोस्टपछि मन्त्री लम्सालको विवादित अभिव्यक्ति भाइरल

spot_img

काठमाडौं,०१ असार । प्रधानमन्त्री बालेन शाहले आइतबार सामाजिक सञ्जालमा आफूसहित दुई मन्त्रीको तस्बिर सार्वजनिक गर्दै ‘देश बनाउने टोली’ भनेर लेखेपछि सोही समूहका एक मन्त्रीको अभिव्यक्ति विवादमा तानिएको छ।

उक्त तस्बिरमा गृहमन्त्री सुधन गुरुङ र भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनील लम्साल रहेका छन्। बालेन शाहले आफू र आफ्ना निकट दुई मन्त्रीसँगको तस्बिर सार्वजनिक गर्दै ‘देश बनाउने टोली’ भनेर लेखेका थिए। तर सोही समूहका मन्त्री लम्सालले निर्माणाधीन नागढुंगा–मुग्लिङ सडक आयोजनाको स्थलगत अनुगमनका क्रममा निर्माण व्यवसायीलाई लक्षित गर्दै दिएको अभिव्यक्ति अहिले विवादमा परेको छ।

आइतबारको अनुगमनका क्रममा मन्त्री लम्सालले काम नगर्ने ठेकेदारलाई खोजेर ल्याई “खुट्टा भाँचिदिएर भए पनि काम लगाउन” निर्देशन दिएको भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा व्यापक आलोचना भइरहेको छ।

उक्त अनुगमनका क्रममा उनले सडकबाट बिजुलीको पोल हटाउने ढिलाइ गर्ने ठेकेदारप्रति कडा टिप्पणी गर्दै “खुट्टा भाँचिदिने” जस्ता अभिव्यक्ति प्रयोग गरेका थिए। धादिङकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयसहित सुरक्षा अधिकारीहरूको उपस्थितिमा भएको अनुगमनमा मन्त्रीले निर्माण कार्य तीव्र बनाउन निर्देशन दिएका थिए। उनले सडक निर्माणमा ढिलाइ गर्ने प्रवृत्तिप्रति असन्तुष्टि जनाउँदै कठोर भाषा प्रयोग गरेको भिडियोमा देखिन्छ।

मन्त्री लम्सालले स्थानीयवासीले पनि काम छिटो हुनुपर्ने अपेक्षा गरेको उल्लेख गर्दै आवश्यक सामग्री सहज रूपमा उपलब्ध गराउने र सडक विभागमार्फत सहजीकरण गर्ने बताएका थिए। यस घटनापछि बालेन शाहको ‘देश बनाउने टोली’ भन्ने पोस्टसँग जोडेर सामाजिक सञ्जालमा व्यापक बहस सुरु भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once