वीरगंजमा एसएसपी मगरको आगमन, प्रदेश प्रहरीको नेतृत्व सम्हाले

spot_img

वीरगंज,०१ असार । नेपाल प्रहरी प्रदेश कार्यालय, वीरगंजको प्रमुखमा सरुवा भई आएका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कृष्णबहादुर पल्ली मगरले सोमबार पदभार ग्रहण गरेका छन्।

नेपाल सरकार, गृह मन्त्रालयको २०८३ जेठ १२ गतेको निर्णयअनुसार नेपाल प्रहरी प्रधान कार्यालयअन्तर्गत प्रदेश समन्वय विभाग, नक्सालबाट सरुवा भई वीरगंज आएका मगरलाई प्रहरी अधिकृतहरूले स्वागत गरेका थिए। स्वागत कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेत र राजु कार्की तथा प्रदेश प्रहरी कार्यालय वीरगंजका प्रहरी निरीक्षक ओमप्रकाश यादवलगायत प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो।

प्रदेश प्रहरी कार्यालय वीरगंजका अनुसार एसएसपी मगरले सोमबारदेखि कार्यालय प्रमुखको जिम्मेवारी सम्हाल्दै पदभार ग्रहण गरेका हुन्। यसअघि कार्यालय प्रमुखका रूपमा कार्यरत एसएसपी शान्तिराज कोईराला नेपाल प्रहरी प्रधान कार्यालयको निर्णयअनुसार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा सरुवा भएका थिए। उनको स्थानमा मगरलाई प्रदेश प्रहरी कार्यालय वीरगंजको नेतृत्वको जिम्मेवारी दिइएको हो।

नेपाल प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको सरुवा सूचीअनुसार गृह मन्त्रालयको निर्णयबमोजिम देशभरका ३३ जना वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी)को सरुवा गरिएको थियो। सोही सरुवाअन्तर्गत एसएसपी मगर वीरगंज आएका हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once