Date
बुध, जेष्ठ २७, २०८३
Wed, June 10, 2026
spot_img
21.7 C
Kathmandu

विदेशी मुद्राबजारमा डलर महँगियो, नयाँ विनिमयदर सार्वजनिक

spot_img

काठमाडौँ,२६ जेष्ठ । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको बिक्रीदर १५३ रुपैयाँ नाघेको छ भने अन्य प्रमुख विदेशी मुद्राहरूको विनिमयदर पनि उच्च विन्दुमा कायम रहेका छन्।

आजका लागि अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४४ पैसा निर्धारण गरिएको छ। युरोपियन युरो एकको खरिददर १७६ रुपैयाँ ३९ पैसा र बिक्रीदर १७७ रुपैयाँ ०९ पैसा कायम भएको छ भने बेलायती पाउण्ड स्ट्रलिङ एकको खरिददर २०४ रुपैयाँ २६ पैसा र बिक्रीदर २०५ रुपैयाँ ०६ पैसा तोकिएको छ। स्वीस फ्रयाङ्क एकको खरिददर १९२ रुपैयाँ र बिक्रीदर १९२ रुपैयाँ ७५ पैसा रहेको छ।

त्यसैगरी अष्ट्रेलियन डलर एकको खरिददर १०८ रुपैयाँ १२ पैसा र बिक्रीदर १०८ रुपैयाँ ५४ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ ७० पैसा र बिक्रीदर ११० रुपैयाँ १३ पैसा तथा सिङ्गापुर डलर एकको खरिददर ११८ रुपैयाँ ७२ पैसा र बिक्रीदर ११९ रुपैयाँ १८ पैसा कायम गरिएको छ।

छिमेकी मुलुक चीनको मुद्रा युआन एकको खरिददर २२ रुपैयाँ ५३ पैसा र बिक्रीदर २२ रुपैयाँ ६२ पैसा तोकिएको छ। जापानी येन १० को खरिददर नौ रुपैयाँ ५५ पैसा र बिक्रीदर नौ रुपैयाँ ५९ पैसा रहेको छ। भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम रहँदा यसको दर स्थिर रहेको राष्ट्र बैंकले जनाएको छ।

वैदेशिक रोजगारीका लागि नेपालीहरूको प्रमुख गन्तव्य रहेका खाडी मुलुक तथा मलेसियाका मुद्राको दर पनि सार्वजनिक गरिएको छ। साउदी रियाल एकको खरिददर ४० रुपैयाँ ७० पैसा र बिक्रीदर ४० रुपैयाँ ८६ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ९२ पैसा र बिक्रीदर ४२ रुपैयाँ ०९ पैसा तथा यूएई दिराम एकको खरिददर ४१ रुपैयाँ ६१ पैसा र बिक्रीदर ४१ रुपैयाँ ७७ पैसा कायम गरिएको छ।

यस्तै, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ५२ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६७ पैसा तोकिएको छ। कुवेती दिनार एकको खरिददर ४९९ रुपैयाँ ४५ पैसा, बहराइन दिनार एकको खरिददर ४०५ रुपैयाँ ३० पैसा र बिक्रीदर ४०६ रुपैयाँ ८९ पैसा तथा ओमानी रियाल एकको खरिददर ३९६ रुपैयाँ ९७ पैसा र बिक्रीदर ३९८ रुपैयाँ ५२ पैसा कायम भएको छ।

राष्ट्र बैंकका अनुसार थाइ भाट, दक्षिण कोरियाली वन, स्वीडिस क्रोनर, डेनिस क्रोनर र हङकङ डलरको विनिमयदरमा पनि सामान्य समायोजन गरिएको छ। केन्द्रीय बैंकले आवश्यकताअनुसार विनिमयदर जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ। साथै, वाणिज्य बैंकहरूले निर्धारण गर्ने विनिमयदरमा केही भिन्नता हुन सक्ने राष्ट्र बैंकले स्पष्ट पारेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once