Date
आइत, जेष्ठ २४, २०८३
Sun, June 7, 2026
spot_img
21 C
Kathmandu

आइतबारको सार्वजनिक बिदा खारेज गर्ने तयारी नभएको सरकारको स्पष्टोक्ति

spot_img

काठमाडौँ, २४ जेठ । सरकारले शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिँदै आएको व्यवस्था अन्तर्गत आइतबारको बिदा खारेज गर्ने तयारी भइरहेको भन्ने समाचारलाई असत्य भन्दै खण्डन गरेको छ।

केही सञ्चारमाध्यममा सरकारले हप्तामा दुई दिन दिइँदै आएको सार्वजनिक बिदामध्ये आइतबारको बिदा हटाउने तयारी गरेको समाचार प्रकाशित भएपछि सरकारले त्यसलाई स्पष्ट रूपमा अस्वीकार गरेको हो।

प्रधानमन्त्री वालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले आइतबारको बिदा खारेज गरिएको भन्ने समाचार गलत भएको बताएकी छन्। उनले भनिन्, “यस विषयमा सरकारले कुनै निर्णय गरेको छैन र हाल यससम्बन्धी कुनै तयारी पनि छैन।”

यसअघि पश्चिम एसियामा देखिएको समस्या र इन्धनको मूल्यवृद्धिलगायत कारण जनजीवनलाई सहज बनाउन गत चैत २२ गते बसेको मन्त्रिपरिषद् बैठकले शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। सो निर्णयअनुसार कार्यालय समय बिहान ९ बजेदेखि अपराह्न ५ बजेसम्म कायम गरिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once