Date
आइत, जेष्ठ २४, २०८३
Sun, June 7, 2026
spot_img
19.5 C
Kathmandu

प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिविरुद्ध श्रम संस्कृति पार्टीको माइतीघरमा प्रदर्शन

spot_img

काठमाडौं,२३ जेष्ठ । सीमासम्बन्धी प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को अभिव्यक्तिविरुद्ध श्रम संस्कृति पार्टीले शनिबार माइतीघरमा विरोध प्रदर्शन गरेको छ। ‘नेपालले भारतको जग्गा मिचेको’ भन्ने प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रिय हितविपरीत रहेको भन्दै पार्टीका नेता–कार्यकर्ताले खबरदारी सभासहित प्रदर्शन गरेका हुन्।

प्रदर्शनकारीहरूले संसद्मा प्रधानमन्त्रीले दिएको अभिव्यक्ति तथ्यहीन रहेको दाबी गर्दै त्यसलाई फिर्ता लिनुपर्ने माग गरेका छन्। उनीहरूले ‘नेपाली माटोको रक्षा गरौँ’, ‘राष्ट्रको सम्मान जोगाऔँ’ र ‘गैरजिम्मेवार अभिव्यक्तिको विरोध गरौँ’ लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए।

उक्त अवसरमा श्रम संस्कृति पार्टीका सांसद आरेन राईले सीमासम्बन्धी विषयमा प्रधानमन्त्रीले संसद्मा गैरजिम्मेवार अभिव्यक्ति दिएको आरोप लगाए। उनले सीमा समस्या र भूमि मिच्ने विषय फरक–फरक भएको उल्लेख गर्दै पार्टीको अडान यथावत् रहने स्पष्ट पारे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once