Date
बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026
spot_img
21.8 C
Kathmandu

नेपाली कांग्रेसद्वारा बारा जिल्ला सभापति राजेश राय यादव निलम्बन

spot_img

काठमाडौं,२१ जेष्ठ । नेपाली कांग्रेसले बारा जिल्लाका जिल्ला सभापति राजेश राय यादवलाई निलम्बन गरेको छ। बिहीबार बसेको कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठकले उनलाई निलम्बन गर्ने निर्णय गरेको हो।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई हराउन भूमिका खेलेको आरोपमा यादवविरुद्ध उजुरी परेको थियो। सोही विषयमा समितिले दुई पटक स्पष्टीकरण माग गर्दै पत्राचार गरे पनि यादवले कुनै जवाफ नदिएपछि अनुशासनात्मक कारबाही अघि बढाइएको समितिका सचिव दिनेश थापा मगरले जानकारी दिएका छन्।

समितिका अनुसार यादवलाई जिल्ला सभापति पदमा यथावत राख्दा अनुसन्धान प्रभावित हुन सक्ने देखिएकाले अन्तिम निर्णय नहुँदासम्मका लागि उनलाई कामकाज गर्न नपाउने गरी निलम्बन गरिएको हो। यो निर्णय नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा ३४ (८) (ङ) तथा नियमावली, २०७६ को नियम २८ (३) बमोजिम गरिएको पार्टीले जनाएको छ। यसैबीच, निर्वाचनमा पार्टीका उम्मेदवारलाई असहयोग गरेको आरोप लागेका सर्लाही क्षेत्र नं. २ का तीन जना प्रदेश सभा सदस्यहरूलाई समितिले भविष्यमा गुनासो नआउने गरी काम गर्न निर्देशन दिएको छ।

समितिले क्षेत्र नं. २ (१) का सकुन्ती देवी महरा, क्षेत्र नं. २ (२) का कौशल किशोर राय र क्षेत्र नं. २ (१) का जंगीलाल रायलाई आगामी दिनमा सजगतापूर्वक पार्टी विधान र नियमावलीप्रति प्रतिबद्ध रही पदीय जिम्मेवारी पूरा गर्न निर्देशन दिएको हो। अनुशासन समितिको निर्णयमा भनिएको छ, अनुसन्धानलाई निष्पक्ष रूपमा अघि बढाउन तथा पार्टी अनुशासन कायम राख्न यादवलाई पदमा रहिरहन नदिन निलम्बन गरिएको हो। समितिले आवश्यक अनुसन्धानपछि अन्तिम निर्णय लिने जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once