परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत भ्रमणमा, उच्चस्तरीय भेटवार्ता गर्ने

spot_img

काठमाडौं,२१ जेष्ठ । परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार दक्षिणी छिमेकी मुलुक भारतको औपचारिक भ्रमणमा जाने भएका छन्। परराष्ट्र मन्त्रालयले बिहीबार एक वक्तव्य जारी गर्दै मन्त्री खनालको भारत भ्रमणबारे औपचारिक जानकारी गराएको हो।

यसअघि जेठ २३ गते नै भारत जाने तयारी भए पनि केही प्राविधिक कारणले भ्रमण तालिकामा सामान्य फेरबदल भएको मन्त्रालयले जनाएको छ। नयाँ कार्यतालिकाअनुसार मन्त्री खनाल शुक्रबार नै नयाँ दिल्ली प्रस्थान गर्नेछन्। भ्रमणका क्रममा परराष्ट्रमन्त्री खनालले भारतीय समकक्षी एस. जयशंकरलगायत भारतका उच्चपदस्थ अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

यसैबीच हाल भारत भ्रमणमा रहेका रास्वपा सभापति रवि लामिछाने नेतृत्वको टोलीको भ्रमणलाई पनि उच्च महत्वका साथ हेरिएको छ। रवि लामिछानेलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत भेट गरिसकेका छन्। यस्तो पृष्ठभूमिमा रास्वपा नेतृत्वको सरकारका परराष्ट्रमन्त्री भारत भ्रमणमा जान लागेका हुन्। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार मन्त्री खनालले प्रधानमन्त्री वालेन्द्र शाहको सम्भावित भारत भ्रमणबारे समेत भारतीय समकक्षीसँग प्रारम्भिक छलफल गर्नेछन्।

भ्रमणका क्रममा द्विपक्षीय हितका विविध विषयसँगै नेपाल–भारत सीमा विवादलगायतका संवेदनशील मुद्दामा पनि छलफल हुने अपेक्षा गरिएको छ। उक्त छलफलपछि प्रधानमन्त्री शाहको सम्भावित भारत भ्रमणका एजेन्डा तय गर्ने तयारी समेत हुने बताइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once