Date
बुध, जेष्ठ २०, २०८३
Wed, June 3, 2026
spot_img
28.6 C
Kathmandu

प्रतिनिधि सभा बैठक जेठ २५ सम्म स्थगित

spot_img

काठमाडौं,१९ जेष्ठ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को विवादास्पद अभिव्यक्तिलाई लिएर प्रतिनिधि सभाको बैठक अवरुद्ध भएको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहितका विपक्षी दलहरूले प्रधानमन्त्रीको अभिव्यक्तिप्रति कडा आपत्ति जनाउँदै संसद् बैठकमा अवरोध सिर्जना गरेका हुन्।

गत जेठ १७ गते संसद्मा प्रधानमन्त्री शाहले “नेपालले पनि भारतको जग्गा मिचेको रहेछ” भन्ने अभिव्यक्ति दिएका थिए। उक्त भनाइप्रति असन्तुष्टि जनाउँदै विपक्षी दलहरूले या त उक्त अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउनुपर्ने, या त प्रधानमन्त्रीले आफ्नो दाबी पुष्टि गर्न तथ्य र प्रमाण पेस गर्नुपर्ने माग गरेका छन्।

विवाद चर्किँदै गएपछि संसद्मा तनावपूर्ण अवस्था सिर्जना भएको छ।

यसैबीच, श्रम संस्कृति पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता हर्कराज राई (हर्क साम्पाङ) ले पनि प्रधानमन्त्रीको अभिव्यक्तिप्रति प्रतिक्रिया जनाउँदै राष्ट्रिय अखण्डता र सार्वभौमसत्ताका विषयमा सत्ता–प्रतिपक्ष सबै एक हुनुपर्ने बताएका छन्। उनले प्रधानमन्त्रीको अभिव्यक्ति तत्काल सच्याउनुपर्ने आवश्यकता औँल्याए।

लगातारको अवरोधका कारण सभामुख डिपी अर्यालले आजको बैठकका कार्यसूचीका बुँदा नम्बर २ र ३ हटाउँदै बैठक स्थगित गरेका छन्। अब प्रतिनिधि सभाको अर्को बैठक जेठ २५ गते सोमबार बिहान ११ बजे बस्नेछ।

प्रधानमन्त्रीको अभिव्यक्तिले उत्पन्न विवादले संसद्मा देखिएको गतिरोध आगामी बैठकमा कसरी अघि बढ्छ भन्ने विषय चासोको केन्द्र बनेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once