Date
बिहि, बैशाख २४, २०८३
Thu, May 7, 2026
spot_img
17.1 C
Kathmandu

सर्वोच्च अदालतको प्रधान न्यायाधीशमा डा‍. शर्माको नाम सिफारिस

spot_img

काठमाडौँ,२४ बैशाख । संवैधानिक परिषद्ले सर्वोच्च अदालतको प्रधान न्यायाधीश पदका लागि डा‍. मनोजकुमार शर्माको नाम सिफारिस गरेको छ । 

यसअघि न्याय परिषद्ले सर्वोच्च अदालतका ६ जना न्यायाधीशको नाम प्रधान न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको थियो । सोही सूचीमध्येबाट संवैधानिक परिषद्ले बिहीबार डा‍. शर्मालाई प्रधान न्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको हो ।

प्रधान न्यायाधीश प्रकाशमान सिंह राउत ६५ वर्षे उमेरहद पूरा भएपछि गत चैत १८ गतेदेखि अवकाशमा गएसँगै उक्त पद रिक्त भएको थियो । त्यसपछि सर्वोच्च अदालतकी वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्लसहित कुमार रेग्मी, हरिप्रसाद फुयाल, डा‍. मनोजकुमार शर्मा, डा‍. नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको नाम न्याय परिषद्ले संवैधानिक परिषद्को सचिवालयमा पठाएको थियो ।

संविधानको धारा १२९ को उपधारा ३ अनुसार सर्वोच्च अदालतको न्यायाधीश पदमा कम्तीमा तीन वर्ष कार्यअनुभव भएको व्यक्ति प्रधान न्यायाधीश नियुक्त हुन योग्य हुने व्यवस्था छ । सोही संवैधानिक प्रावधानअनुसार तीन वर्ष अवधि पूरा गरेका सबै न्यायाधीशको नाम परिषद्ले सिफारिस गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once