Date
बिहि, बैशाख २४, २०८३
Thu, May 7, 2026
spot_img
17.1 C
Kathmandu

नेकपा नेता मनोज चौधरीलाई उच्च अदालतबाट धरौटीमा रिहा गर्न आदेश

spot_img

वीरगंज,२४ बैशाख ।  उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजले नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा नेता मनोज चौधरीलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

विष्फोटक पदार्थ तथा निर्वाचनसम्बन्धी कसुर मुद्दामा पुर्पक्षका लागि वीरगंज कारागारमा रहेका चौधरीलाई उच्च अदालतले जिल्ला अदालत पर्साको आदेश उल्ट्याउँदै धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

उच्च अदालतको इजलास नं. १ मा न्यायाधीशद्वय गोकर्ण डाँगी र दुर्गा प्रसाद ढुंगेलको संयुक्त इजलासले चौधरीसँग २ लाख ५० हजार रुपैयाँ धरौटी माग गर्ने निर्णय गरेको उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगंजका सूचना अधिकारी ध्रुव सुबेदीले जानकारी दिए ।

उक्त मुद्दाका अन्य प्रतिवादी सत्यनारायण दास थारु र सुरज कार्कीको हकमा भने जिल्ला अदालतको आदेशलाई नै सदर गरिएको सूचना अधिकारी सुबेदीले बताए ।

चौधरीको पक्षबाट अधिवक्ताहरू रामचन्द्र सिंह, सुधिर कुमार कर्ण र चन्द्रिका पटेलले बहस गरेका थिए भने सरकारको तर्फबाट उपन्यायाधिवक्ता बुधिलाल श्रेष्ठले बहस प्रस्तुत गरेका थिए ।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पर्सा क्षेत्र नं. २ बाट नेकपाका उम्मेदवार रहेका नेता चौधरीलाई पर्सा प्रहरीले निर्वाचन हुनुभन्दा दुई दिनअघि चैत १९ गते पक्राउ गरेको थियो । उनी सवार गाडीबाट विष्फोटक पदार्थजस्तो देखिने शंकास्पद वस्तु फेला परेको आरोपमा चौधरीसहित चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

यसअघि पर्सा जिल्ला अदालतले गत चैत १२ गते चौधरीलाई थुनामा पठाउने आदेश दिएको थियो भने अन्य तीन जनासँग धरौटी माग गरेको थियो । जिल्ला अदालतको उक्त आदेशप्रति असन्तुष्टि जनाउँदै चौधरी पक्ष उच्च अदालत पुगेको थियो ।

उनीसँगै पक्राउ परेका पर्सागढी नगरपालिका–३ निवासी सत्यनारायण दास थारु, धनुषाधाम नगरपालिका निवासी सुरज कार्की तथा बाराको प्रसौनी गाउँपालिका–४ निवासी चालक सहाब आलम अन्सारीलाई भने जिल्ला अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once