Date
सोम, बैशाख २१, २०८३
Mon, May 4, 2026
spot_img
17.1 C
Kathmandu

मुख्यमन्त्री बानियाँको घर–कार्यालयमा छापा, सम्पत्ति शुद्धीकरण छानबिन सुरु

spot_img

काठमाडौँ,२१ बैशाख । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान तीव्र बनेको छ। सोही क्रममा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सोमबार (वैशाख २१) उनका विभिन्न निवास तथा कार्यालयमा एकसाथ छापा मारेको हो।

विभागको टोलीले ललितपुरको हात्तीवनस्थित बानियाँको निजी निवासमा छापा मार्नुका साथै मकवानपुरको हेटौँडास्थित उनको घर र बानियाँ निर्माण सेवा (बीएनएस) नामक कम्पनीको कार्यालयमा पनि खोजतलास गरेको जनाएको छ।

त्यसैगरी, काठमाडौंको नक्सालस्थित भूगर्भ सिमेन्ट र सुन्धारामा रहेको उनको सम्पर्क कार्यालयमा समेत छापा मारिएको विभाग स्रोतले जनाएको छ। छापाका क्रममा विभिन्न कागजात तथा प्रमाणहरू नियन्त्रणमा लिइएको बताइएको छ।

बानियाँसँग सम्बन्धित आर्थिक कारोबार शंकास्पद देखिएपछि अनुसन्धानको दायरा फराकिलो बनाइएको विभागले जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once