Date
शनि, बैशाख ५, २०८३
Sat, April 18, 2026
spot_img
19.1 C
Kathmandu

मापसेदेखि तीव्र गतिसम्म: उपत्यकामा हजारौँ चालक कारबाहीमा

spot_img

काठमाडौँ,२८ चैत । बितेको २४ घण्टामा काठमाडौँ उपत्यकामा सवारी नियम उल्लङ्घन गर्ने एक हजार ७१९ जना चालक ट्राफिक कारबाहीमा परेका छन्।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ११३ जना, यान्त्रिक अवस्था ठीक नभएका ३५ जना, ट्राफिक सङ्केत बत्ती उल्लङ्घन गर्ने १०२ जना तथा तीव्र गतिमा सवारी चलाउने ९३ जना चालकलाई कारबाही गरिएको हो।

त्यसैगरी, लेन अनुशासन पालना नगर्ने १७९ जना र सार्वजनिक यातायातका साधन असुरक्षित ढङ्गले सञ्चालन गर्ने ३८ जना चालकलाई पनि कारबाही गरिएको कार्यालयले जनाएको छ।

अनावश्यक रूपमा हर्न बजाउने ४६ जना, निर्धारित स्थानमा यात्रु चढाउने र ओराल्ने नियम उल्लङ्घन गर्ने २० जना तथा अन्य सवारी नियम उल्लङ्घन गर्ने एक हजार ९३ जना चालकलाई समेत कारबाही गरिएको छ।

कारबाहीबाट कुल ११ लाख ८४ हजार ५०० रुपैयाँ राजस्व राज्यकोषमा दाखिला भएको ट्राफिक प्रहरीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once