Date
मङ्ल, बैशाख ८, २०८३
Tue, April 21, 2026
spot_img
29.1 C
Kathmandu

सहर सुन्दर बनाउन सडक किनारामा गमलामा फूल रोप्दै महानगरपालिका

spot_img

काठमाडौँ,२८ चैत । काठमाडौँलाई सुन्दर र हरियाली बनाउने उद्देश्यसहित महानगरपालिकाले सडक किनारामा गमलामा फूल रोप्ने अभियान सुरु गरेको छ।

पार्क तथा हरियाली प्रवर्द्धन आयोजनाले ‘गौरव योजना मेरो रहर, सुन्दर र हरित सहर’ कार्यक्रम अन्तर्गत सडक किनारमा गमलामा फूल रोप्ने कार्य अघि बढाएको हो।

आयोजनाका इञ्जिनियर सरकारदीप श्रेष्ठका अनुसार हाल सिंहदरबार अगाडिको क्षेत्रमा वेगमवेली जातका फूल रोपिएको छ। उक्त फूल पहेँलो, रातो, गुलाबी लगायत विभिन्न रंगमा फुल्ने भएकाले सडक सौन्दर्यकरणमा थप आकर्षण बढ्ने अपेक्षा गरिएको छ।

फूल रोपण कार्यलाई दीगो र व्यवस्थित बनाउन गमलाहरू सिमेन्टका प्रयोग गरिएको छ। यी स्थायी ठूला गमलामा विरुवा रोप्ने, फूल गोडमेल गर्ने तथा नियमित पानी हालेर हुर्काउने काम वातावरण व्यवस्थापन विभागमार्फत भइरहेको छ।

महानगरपालिकाका अनुसार यस अभियानलाई क्रमशः विस्तार गर्दै भित्री सहरी क्षेत्रहरूमा समेत गमला राख्दै जाने योजना रहेको छ। यसले काठमाडौँको सौन्दर्य अभिवृद्धि गर्नुका साथै हरियाली प्रवर्द्धनमा समेत योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once