Date
शुक्र, जेष्ठ १, २०८३
Fri, May 15, 2026
spot_img
18.1 C
Kathmandu

देउवा दम्पतीविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, पक्राउ पुर्जी जारी

spot_img

काठमाडौं,२५ चैत । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र उनकी पत्नी तथा पूर्वपरराष्ट्र मन्त्री आरजु राणा देउवाविरुद्ध सम्पत्ति शुद्धीकरण अभियोगमा पक्राउ पुर्जी जारी भएको छ।

गृह मन्त्रालय स्रोतका अनुसार देउवा दम्पतीविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अदालतबाट पक्राउ अनुमति लिइएको हो ।

गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी अनुसन्धानका क्रममा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएको उच्च स्रोतले जनाएको छ। अदालतबाट पक्राउ अनुमति जारी भए पनि देउवा दम्पती हाल विदेशमा रहेकाले पक्राउ प्रक्रिया अघि बढ्न नसकेको बताइएको छ।

देउवा दम्पती स्वास्थ्य उपचारका लागि विदेशमा रहेका छन्। उनीहरू यसअघि उपचारकै क्रममा सिंगापुर गएका थिए भने त्यहाँबाट हङकङ पुगेको विवरण सार्वजनिक भएको थियो।

गत भदौ २४ गते बूढानीलकण्ठस्थित देउवा निवासमा आगजनी भएको घटनापछि घरको केही भाग जलेको अवस्थामा नगद रकमसमेत भेटिएको विषय सार्वजनिक भएको थियो। उक्त घटनापछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले देउवा निवासमा पुगेर मुचुल्का उठाएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once