Date
शुक्र, जेष्ठ १, २०८३
Fri, May 15, 2026
spot_img
18.1 C
Kathmandu

ओली–लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश,अन्यथा थुनामुक्त गर्नू

spot_img

काठमाडौं,२३ चैत । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकविरुद्धको अनुसन्धान २६ चैत (बिहीबार) भित्र सम्पन्न गर्न आदेश दिएको छ ।

न्यायाधीश विनोद शर्मा र सुनिल कुमार पोखरेलको इजलासले उनीहरूलाई तत्काल थुनामुक्त गर्न अस्वीकार गर्दै अनुसन्धान प्रक्रिया छिटो टुंग्याउन निर्देशन दिएको हो । तर अदालतले तोकिएको समयभित्र अनुसन्धान पूरा हुन नसके दुवै जनालाई थुनामुक्त गर्नुपर्ने स्पष्ट आदेशसमेत दिएको छ ।

अदालतले फौजदारी कार्यविधि संहिताअनुसार प्रक्रिया पूरा गर्दै हिरासतमा राखेर आवश्यक थप अनुसन्धान तथा तहकिकात सम्पन्न गर्न र त्यसपछि आवश्यक कानुनी कारबाही अघि बढाउन भनेको छ ।

भदौ २३ मा भएको जेनजी आन्दोलनका क्रममा १९ जनाको मृत्यु हुने गरी बल प्रयोग भएको र त्यसलाई रोक्न प्रभावकारी प्रयास नभएको आरोपमा १४ चैतमा ओली र लेखकलाई पक्राउ गरिएको हो ।

प्रहरीले ज्यानसम्बन्धी कसुरमा अनुसन्धान गर्दै जिल्ला अदालत काठमाडौंको अनुमतिमा उनीहरूलाई हिरासतमा राख्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once