Date
शनि, बैशाख ५, २०८३
Sat, April 18, 2026
spot_img
19.1 C
Kathmandu

सिरहामा कारको ठक्करले साइकल यात्री घाइते

spot_img

सिरहा,२१ चैत । सिरहामा कारले साइकल यात्रीलाई ठक्कर दिँदा एक युवक गम्भीर घाइते भएका छन् । धनगढीमाई नगरपालिका–१० आमचौकमा भएको दुर्घटनामा धनगढीमाई नगरपालिका–११ का करिब २५ वर्षीय रविन सदाय घाइते भएका हुन् ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश ३–०१–०२४ च ७५२७ नम्बरको कारले साइकलमा सवार सदायलाई ठक्कर दिएको हो । दुर्घटनापछि गम्भीर अवस्थामा रहेका उनलाई तत्काल स्थानीय आर.के. मेडिसिटीमा उपचारका लागि लगिएको थियो ।

तर त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि विराटनगर रिफर गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानका प्रमुख सालिकराम तिमिल्सिनाले जानकारी दिएका छन् । प्रहरीका अनुसार सदायको टाउको, हात र खुट्टामा गम्भीर चोट लागेको छ ।

कार चालक सुनसरीको इटहरी उपमहानगरपालिका–१७ का करिब २६ वर्षीय आकाश चौधरी रहेका छन् । उनलाई प्रहरीले नियन्त्रणमा राखेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once