Date
शुक्र, जेष्ठ १, २०८३
Fri, May 15, 2026
spot_img
20.1 C
Kathmandu

पर्सा जिल्ला अदालतको आदेश: रवि लामिछानेलाई वारेशमार्फत प्रतिनिधित्वको अनुमति

spot_img

वीरगंज,१९ चैत । पर्सा जिल्ला अदालतले ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दामा प्रतिवादी रहेका रवि लामिछानेलाई वारेश (प्रतिनिधि) नियुक्त गर्न अनुमति दिएको छ।

न्यायाधिश सुमन कुमार न्यौपानेको इजलासले दिएको आदेशमा प्रतिवादी लामिछानेले काबुभन्दा बाहिरको परिस्थितिका कारण तोकिएको तारेखमा स्वयं उपस्थित हुन नसक्ने भन्दै वारेश नियुक्त गर्न निवेदन दिएका थिए। उक्त निवेदनमाथि सुनुवाइ गर्दै अदालतले आवश्यक कानुनी प्रावधान र प्रस्तुत कागजातहरू अध्ययन गरेको थियो।

अदालतमा प्रतिवादीका तर्फबाट अधिवक्ता चन्द्रिका प्रसाद पटेलले बहस प्रस्तुत गरेका थिए। बहसका क्रममा लामिछानेको स्वास्थ्य अवस्था तथा उनीमाथि विभिन्न अदालतमा चलिरहेका अन्य फौजदारी मुद्दाहरूका कारण एकै समयमा तारेख पर्न सक्ने अवस्था रहेको उल्लेख गरिएको थियो।

आदेशमा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ८९ तथा ९५ अनुसार विशेष परिस्थितिमा वारेश राख्न सकिने वैकल्पिक व्यवस्था रहेको उल्लेख गर्दै अदालतले स्वास्थ्य अवस्था र बहुविध अदालतमा मुद्दा चलिरहेको अवस्थालाई ध्यानमा राखेको जनाएको छ।

यस आधारमा आवश्यक परेको अवस्थामा वारेशमार्फत अदालतमा उपस्थित गराउने गरी वारेश नियुक्त गर्न अनुमति दिइएको अदालतले स्पष्ट गरेको छ। साथै, आदेश कार्यान्वयनका लागि नियमानुसार प्रक्रिया अघि बढाउन निर्देश गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once