Date
शुक्र, जेष्ठ १, २०८३
Fri, May 15, 2026
spot_img
25.1 C
Kathmandu

एमाले प्रदर्शनबाट पक्राउ ६ जना रिहा, एक फरार अभियुक्त पक्राउ

spot_img

काठमाडौँ,१५ चैत । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको पक्राउविरुद्ध प्रदर्शनमा उत्रिएर पक्राउ परेका एकजना फरार प्रतिवादी रहेको पुष्टि भएको छ ।

शनिवार बबरमहलबाट पक्राउ परेका विमल धमला बैंकिङ कसुर मुद्दामा फरार रहेको भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले रातोपाटीलाई बताए । उनी दुईवटा मुद्दामा फरार रहेको भेटिएको छ ।

उनलाई थुनामा राखेर अनुसन्धान गरिने एसपी भट्टराईले बताए । धमलाले बबरमहल स्थित एउटा निजी स्कोर्पियोमा तोडफोड गर्ने प्रयास गरेका थिए । प्रदर्शन स्थलबाट पक्राउ परेका अन्य ६ जना रिहा भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once