Date
शुक्र, जेष्ठ १, २०८३
Fri, May 15, 2026
spot_img
25.1 C
Kathmandu

पूर्वगृहमन्त्री रमेश लेखक अदालत उपस्थित, म्याद थपको तयारी

spot_img

काठमाडौँ,१५ चैत । शनिबार बिहान पक्राउ परेका पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकलाई काठमाडौं जिल्ला अदालत उपस्थित गराइएको छ ।

शनिबार सार्वजनिक बिदा भएकाले उनलाई आज अदालत उपस्थित गराइएको हो । न्यायाधीश आनन्द श्रेष्ठकहाँ म्याद थपकाे पेसी रहेकाे स्रेस्तेदार तीर्थ भट्टराईले कान्तिपुरलाई बताए । यसअघि उनलाई सरकारी वकिल कार्यालय लगिएको थियो ।

भदौ २३ र २४ को घटनासम्बन्धी छानबिन गर्न बनेको गौरीबहादुर कार्की संयोजकत्वको आयोगले गरेको सिफारिस कार्यान्वयनका लागि भन्दै सरकारले लेखकलाई उनकै निवास भक्तपुर कटुन्जेबाट पक्राउ गरेको थियो ।

आयोगले उनीहरुलाई लापरबाहीपूर्ण र हेलचेक्र्याइँपूर्ण क्रियाकलाप र व्यवहार गरेका कारण मानवीय क्षति भएको भन्दै आयोगले फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस गरेको थियो । लेखकलाई नेपाल प्रहरीले २ नं गण महाराजगन्जको हिरासतमा राखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once