Date
शनि, बैशाख ५, २०८३
Sat, April 18, 2026
spot_img
19.1 C
Kathmandu

गोल्डेन वाटिका विद्यालयले कक्षा १० का विद्यार्थीलाई विदाई गर्‍यो

spot_img

वीरगंज,१२ चैत । वीरगंज महानगरपालिका–२० हरपतगंजमा रहेको गोल्डेन वाटिका माध्यमिक विद्यालयले कक्षा १० मा अध्ययनरत विद्यार्थीहरुलाई एक कार्यक्रमका बीच विदाई गरेको छ । आगामी चैत १९ गतेदेखि सञ्चालन हुन लागेको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी हुन लागेका विद्यार्थीहरुलाई बुधबार औपचारिक रूपमा विदाई गरिएको हो ।

कार्यक्रममा कक्षा ९ मा अध्ययनरत विद्यार्थीहरुले कक्षा १० का २५ जना विद्यार्थीहरुलाई विदाई गरेका थिए । कार्यक्रममा सहभागी वक्ताहरुले गोल्डेन वाटिका माध्यमिक विद्यालय महानगरपालिकाका ग्रामीण वडामध्ये उत्कृष्ट विद्यालयको रूपमा परिचित बन्दै गएको बताएका थिए । उनीहरुले विद्यालयको वर्तमान शैक्षिक अवस्था उत्साहजनक रहेको उल्लेख गर्दै आगामी दिनमा जिल्लाकै नमुना विद्यालयको रूपमा स्थापित हुने विश्वास व्यक्त गरे ।

विद्यालयका सहायक प्रधानाध्यापक ई. श्यामबाबु यादवले प्रत्येक वर्ष यस्ता कार्यक्रम आयोजना गर्दै आएको जानकारी दिँदै विद्यालयलाई उत्कृष्ट नतिजा दिने शैक्षिक संस्थाको रूपमा विकास गर्ने लक्ष्य रहेको बताए ।

कार्यक्रममा विद्यार्थीहरुले विभिन्न गीत तथा संगीतमा आधारित नृत्य प्रस्तुत गरी वातावरणलाई रमाइलो बनाएका थिए । गोल्डेन वाटिका माध्यमिक विद्यालयका निर्देशक लालबाबु यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला शिक्षा समन्वय इकाई पर्साका अधिकृत विद्यानन्द यादव, वीरगंज महानगरपालिका–२६ का वडाध्यक्ष शम्भु मिश्र, प्याब्सन वीरगंज महानगरका अध्यक्ष राहुल श्रीवास्तव, सदस्य विजय बाल, युवा नेता विक्की सिंह, पत्रकार तिवारी यादव, समाजसेवी अकलु यादव लगायत शिक्षक, शिक्षिका तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once