Date
शुक्र, जेष्ठ १, २०८३
Fri, May 15, 2026
spot_img
25.1 C
Kathmandu

‘देश सबैको साझा फूलवारी’ बनाउने सन्देश दिन मैथिली शपथको प्रस्ताव डा. यादवको अनुरोध

spot_img

कौशल कुमार यादव
राजविराज,१२ चैत। विगतका संवैधानिक प्रावधान र राजनीतिक अभ्यास हेर्दा हाम्रा पूर्व प्रधानमन्त्री ज्यूहरूले विधिवत प्रधानमन्त्रीको रूपमा नेपाली भाषामा शपथ लिंदैआइरहनु भएको छ।

संमयोगले अहिले सम्मका सबै प्रधानमन्त्री ज्यूहरू नेपाली भाषी हुनुहुन्थ्यो र संविधानमा पनि नेपालमा बोलिने भाषाहरूलाई दुई कित्तामा विभाजन गरिएको थियो, एकटा राष्ट्र भाषा र अर्को राष्ट्रिय भाषा। यो दृष्टिकोणबाट हेर्दा नेपाली भाषी प्रधानमन्त्रीको रूपमा नेपाली भाषामा लिएको शपथ सान्दर्भिक र कानून सम्बत छ । तर वर्तमान संविधानमा सबै भाषालाई राष्ट्र भाषाको दर्जा प्रदान गरिएको छ ।

जस अनुसार नेपाली भाषीले आफ्नो भाषामा शपथ गरे जस्तै अरू भाषाभाषीले पनि प्रधानमन्त्रीको शपथ आफ्नो मातृभाषामा लिनु उचित हुन्छ ।

नेपालको २००९/११ देखि २०७८ सम्मको राष्ट्रिय जनगणनाको तथ्याँक हेर्दा यो देशको नेपाली पछिको दोस्रो भाषा मैथिली हो। तसर्थ रास्वपा पार्टीका सभापतिलाई मेरो विशेष अनुरोध जसरी तपाईहरू एउटा मैथिली भाषी मधेशका छोरालाई प्रधानमन्त्रीको रूपमा अगाडी सार्नु भो त्यरी नै उहाँलाई मैथिली भाषामा शपथ गराएर यो देश सबैको साझा फूलवारी हो, भनेर संदेश दिन नचुक्नु होस ।

अन्तमा, नेपालीमा नै शपथ लिने अन्तिम निर्णय भए कम्तिमा नेपाली पछि उहाँको मातृभाषा मैथिलीमा पनि शपथ गराउदा राम्रो हुन्छ। यो कुरामा मधेशले बालेन प्रति देखाएको अपार मयालाई बालेन जीले पनि यो प्रति सोच्नु जरूरी देखिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once