Date
शनि, बैशाख ५, २०८३
Sat, April 18, 2026
spot_img
19.1 C
Kathmandu

समुदाय–सरकारी वकील संवाद, अधिकारबारे जनचेतना अभिवृद्धि

spot_img

वीरगंज,११ चैत । जिल्ला सरकारी वकीलको कार्यालय पर्साको आयोजनामा बुधबार “समुदायमा सरकारी वकील संवाद” कार्यक्रम सम्पन्न भएको छ । वीरगंज–१३ स्थित वीरगंज स्कुल अफ ल. कलेजमा आयोजित कार्यक्रममा सरकारवादी फौजदारी मुद्दासम्बन्धी विस्तृत जानकारी प्रदान गरिएको थियो ।

कार्यक्रममा सरकारी वकीलहरूले लागूऔषध (ड्रग्स) सम्बन्धी अपराध, विद्युतीय अपराध तथा साइबर क्राइम, जबरजस्ती करणी, बालविवाह, दाइजो प्रथा लगायतका गम्भीर फौजदारी कसुरहरूबारे जानकारी गराएका थिए । सहभागीहरूलाई यस्ता अपराधको कानुनी दायरा, सजाय व्यवस्था तथा सचेतना आवश्यकताबारे पनि प्रष्ट पारिएको थियो ।

जिल्ला सरकारी वकील कार्यालय पर्साका सूचना अधिकारी तथा सहायक जिल्ला न्यायाधिवक्ता अनन्तराज न्यौपानेका अनुसार कार्यक्रमको उद्देश्य समुदायस्तरमा कानुनी जानकारी विस्तार गरी अपराध न्यूनीकरणमा सहयोग पुर्‍याउनु रहेको हो ।

जिल्ला न्यायाधिवक्ता मनोज प्रसाद गुप्ताको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहायक न्यायाधिवक्ताहरू अनन्तराज न्यौपाने, महेश अर्याल, वीरगंज स्कुल अफ ल. कलेजका प्रिन्सिपल अधिवक्ता चन्द्रिका पटेल लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा विद्यार्थी, कानुन व्यवसायी तथा स्थानीय सरोकारवालाहरूको सहभागिता रहेको थियो । सहभागीहरूले यस्ता कार्यक्रमले कानुनी ज्ञान अभिवृद्धि गर्न मद्दत पुगेको भन्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने धारणा व्यक्त गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once