पूर्वमन्त्री गुप्ताको मुद्दामा आज पनि सर्वोच्चमा सुनुवाइ भएन

spot_img

वीरगंज,०३ चतै । कास्कीको लिचीवारी घुस प्रकरणमा मुछिएका पूर्वमन्त्री राजकुमार गुप्ताले दायर गरेको निवेदनमाथि सर्वोच्च अदालतमा आजका लागि तोकिएको सुनुवाइ स्थगित भएको छ।

गुप्ताको निवेदनमा न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र श्रीकान्त पौडेलको संयुक्त इजलासमा पेशी तोकिए पनि सुनुवाइ हुन सकेन । निवेदक गुप्ताका कानून व्यवसायीबाट सुनुवाइ स्थगित भएको सर्वोच्च अदालतले जनाएको छ।

यसअघि विशेष अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि उक्त आदेशविरुद्ध गुप्ताले सर्वोच्चमा निवेदन दिएका थिए । सर्वोच्चले यसअघि निवेदनमाथि कैफियत प्रतिवेदन माग्ने आदेश दिएको थियो।

पोखराको लिचीवारी भ्रष्टाचार प्रकरणमा विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा न्यायाधीशहरू डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले गुप्तालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो।

अभियोग अनुसार तत्कालीन मन्त्री गुप्ताले कास्कीस्थित मालपोत कार्यालयका प्रमुख अधिकारीको सरुवा रोकिदिने तथा भूमि आयोगमा सदस्य बनाइदिने भन्दै घरजग्गा व्यवसायीसँग ५३ लाख रुपैयाँ घुस लिएको आरोप छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once