Date
शनि, बैशाख ५, २०८३
Sat, April 18, 2026
spot_img
19.1 C
Kathmandu

कालिकामाईमा लागूऔषध विरुद्ध जनचेतना अभियान, विद्यार्थीलाई कानुनी जानकारी

spot_img

बीरगंज,२९ फागुन । कालिकामाई युवा समाजको आयोजनामा तथा इलाका प्रहरी कार्यालय पोखरियाको सहकार्यमा “लागू औषध विरुद्ध जनचेतना अभियान” सम्बन्धि कार्यक्रम शुक्रबार कालिकामाई गाउँपालिका वडा नं. १ मुडलीमा सम्पन्न भएको छ।

मुडलीस्थित श्री जनता माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा इलाका प्रहरी कार्यालय पोखरियाका प्रमुख प्रहरी निरीक्षक प्रदिप पौडेलले लागू औषधका जोखिम, त्यसले युवामा पार्ने असर तथा यस सम्बन्धी कानुनी व्यवस्थाबारे प्रशिक्षण दिएका थिए । उनले विद्यार्थीहरूलाई लागू औषधको प्रयोगले स्वास्थ्य, परिवार र समाजमा पर्ने नकारात्मक प्रभावबारे जानकारी गराउँदै त्यसबाट टाढा रहन आग्रह गरे ।

कार्यक्रममा कक्षा ७, ८, ९, १० र १२ मा अध्ययनरत विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो । प्रशिक्षणका क्रममा विद्यार्थीहरूलाई लागू औषध दुव्र्यसनबाट बच्ने उपाय तथा सचेत नागरिकको भूमिका बारे समेत जानकारी गराइएको थियो।

कालिकामाई युवा समाजका अध्यक्ष आकाश चौरसियाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कालिकामाई गाउँपालिका वडा नं. १ का वडाध्यक्ष लालबाबु प्रसाद चौरसिया, शिक्षक देव बहादुर डाँगी, पप्पु पासवान, सुधन गहतराज, सुदिप चौरसिया, युवा समाजका आकाश महतो केवट, विकास पटेल, जितेन्द्र कुशवाहा, कृष्णा चौरसिया लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्ने वक्ताहरूले लागू औषध दुव्र्यसन समाजका लागि गम्भीर चुनौती बनेको उल्लेख गर्दै यस्ता जनचेतनामूलक कार्यक्रमले विद्यार्थी तथा युवालाई सकारात्मक मार्गतर्फ प्रेरित गर्ने विश्वास व्यक्त गरेका थिए।

यस्तै प्रकारका जनचेतनामूलक कार्यक्रम आगामी दिनमा अन्य विद्यालयहरूमा पनि सञ्चालन गरिने कालिकामाई युवा समाजका अध्यक्ष चौरसियाले जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once