Date
शनि, बैशाख ५, २०८३
Sat, April 18, 2026
spot_img
19.1 C
Kathmandu

सप्तरी–२ मा रास्वपाका युवा उम्मेदवार रामजी यादव विजयी, उमेश यादव पराजित

spot_img

कौशल कुमार यादव
सप्तरी, राजविराज २४ फागुन । सप्तरी जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं.–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा उम्मेदवार रामजी यादव प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन्।

अन्तिम मतपरिणामअनुसार ३० वर्षीय यादवले २८ हजार ४०४ मत प्राप्त गर्दै आफ्ना निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टी नेपालका उम्मेदवार उमेश कुमार यादवलाई पछि पार्दै जीत हासिल गरेका हुन्। उमेश कुमार यादव दोस्रो स्थानमा रहेका छन्।

यसैगरी जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सीके) राउत ९ हजार ८८० मत प्राप्त गर्दै तेस्रो स्थानमा सीमित भएका छन्।

राजविराज–९ विहारपुर निवासी यादव पेशाले इन्जिनियर हुन्। पछिल्लो समय युवामाझ बढ्दो राजनीतिक सक्रियतासँगै उनले रास्वपाबाट उम्मेदवारी दिँदै पहिलो पटक प्रतिनिधिसभामा प्रवेश गर्न सफल भएका हुन्।

यस क्षेत्रको नतिजालाई सप्तरी–२ को राजनीतिक परिदृश्यमा नयाँ सन्देशका रूपमा हेरिएको छ। युवापुस्ताको बढ्दो सहभागिता र नयाँ राजनीतिक शक्तिप्रतिको समर्थनले यस क्षेत्रको राजनीतिमा नयाँ बहस सुरु भएको स्थानीय राजनीतिक विश्लेषकहरूको भनाइ छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once