Date
बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026
spot_img
19.6 C
Kathmandu

सर्लाही–४ मा रास्वपाको बलियो जीत, अमरेशकुमार सिंह विजयी

spot_img

सर्लाही,२४ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सर्लाही निर्वाचन क्षेत्र नम्बर–४ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार अमरेशकुमार सिंह विजयी हुनुभएको छ।

बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणामअनुसार सिंहले ३५ हजार ६८८ मत प्राप्त गर्दै विजय हासिल गर्नुभएको हो। उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले २२ हजार ८३८ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत विनोदप्रसाद घिमिरेले जानकारी दिनुभयो।

रास्वपाका सिंहले मतगणनाको प्रारम्भदेखि नै अग्रता कायम राख्दै अन्ततः स्पष्ट मतान्तरसहित जित हात पार्न सफल हुनुभएको हो।

यसैगरी नेकपा (एमाले)का उम्मेदवार अमनिशकुमार यादवले ९ हजार ३४३ मत प्राप्त गरेका छन्। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार रजनिश राय यादवले १ हजार ४०१ मत पाएका छन् भने जनमत पार्टीका उम्मेदवार राकेश मिश्राले १ हजार ५७२ मत प्राप्त गरेका छन्।

निर्वाचन अधिकृतका अनुसार एक लाख २१ हजार १२ जना मतदाता रहेको यस निर्वाचन क्षेत्रमा ७७ हजार ९३१ मत खसेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once