Date
शनि, बैशाख ५, २०८३
Sat, April 18, 2026
spot_img
19.1 C
Kathmandu

पर्सा–३ मा रास्वपाको जीत, रामाकान्त चौरसिया १३ हजारभन्दा बढी मतान्तरले विजयी

spot_img

वीरगंज,२४ फागुन । पर्सा निर्वाचन क्षेत्र नम्बर–३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रामाकान्त चौरसिया प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

चौरसियाले नेपाली कांग्रेसका उम्मेदवार सुरेन्द्र प्रसाद चौधरीलाई १३ हजार ३ सय १३ मतान्तरले पराजित गर्दै विजय हासिल गरेका हुन् ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार चौरसियाले २९ हजार ६ सय ७९ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी चौधरीले १६ हजार ३ सय ६६ मत ल्याएका छन् ।

त्यस्तै नेकपा (एमाले) का उम्मेदवार रुपेश पाण्डेले ११ हजार ९ सय १४ मत प्राप्त गरेका छन् भने नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार छोटेलाल प्रसाद यादवले २ हजार १ सय ३७ मत पाएका छन् ।

यसैगरी जनमत पार्टीकी उम्मेदवार मालती कुमारी कुशवाहाले ५ सय ८३ मत, आम जनता पार्टीका उम्मेदवार मोहम्मद इस्तखारले २ सय ८५ मत र जय मातृभूमि पार्टीका उम्मेदवार राज कुमार यादवले २ सय ६५ मत प्राप्त गरेका छन् ।

स्वतन्त्र उम्मेदवार अजिज मिया धुनियाले २ सय ५७ मत प्राप्त गरेका छन् ।

पर्सा–३ मा रहेका ९६ हजार ५ सय ४२ मतदातामध्ये ६७ हजार १ सय १३ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once