वीरगंज,१६ फागुन । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा वीरगंज महानगरपालिका वडा नं. १७ कोनिहामा नेपाल कम्युनिस्ट पार्टी (एमाले) की उम्मेदवार रिमा कुमारी यादवको घरदैलो कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा स्थानीय नेता–कार्यकर्ता, युवासंघ, अनेमसंघ तथा समर्थकहरूको उल्लेख्य सहभागिता रहेको थियो।
घरदैलोका क्रममा उम्मेदवार यादवले कोनिहाका विभिन्न टोल–बस्तीमा पुगेर घरघरमै मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै आफ्नो चुनावी एजेन्डाबारे जानकारी गराउनुभयो। उहाँले क्षेत्रको समग्र विकास, रोजगारी सिर्जना, गुणस्तरीय शिक्षा, सुलभ स्वास्थ्य सेवा तथा आधारभूत पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
स्थानीय बासिन्दासँगको संवादका क्रममा खानेपानी, सडक स्तरोन्नति, ढल निकास व्यवस्थापन तथा युवालाई रोजगारीको अवसर सिर्जना गर्ने विषयमा छलफल भएको थियो। उम्मेदवार यादवले जनताबाट प्राप्त सुझाव र गुनासालाई प्राथमिकताका साथ सम्बोधन गर्ने प्रतिबद्धता जनाउनुभयो।
घरदैलो कार्यक्रममा एमालेका केन्द्रीय सदस्य विजय सरावगी, मधेश प्रदेश उपाध्यक्ष बिचारी यादव, पूर्व मन्त्री एवं प्रदेशसभा सदस्य प्रमोद जयसवाल, वडाध्यक्ष संजु छतकुलीलगायत स्थानीय नेता तथा कार्यकर्ताको उल्लेखनीय सहभागिता रहेको थियो।





