Date
शनि, बैशाख ५, २०८३
Sat, April 18, 2026
spot_img
19.1 C
Kathmandu

जगरनाथपुरमा रामकिशोर सिंहको घरदैलो, युवादेखि स्थानीयसम्मको भव्य स्वागत

spot_img

वीरगंज,१६ फागुन । उज्यालो नेपाल पार्टीका तर्फबाट पर्सा निर्वाचन क्षेत्र नम्बर–१ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रामकिशोर सिंह (पराग) ले वीरगञ्ज महानगरपालिका वडा नम्बर–२२ जगरनाथपुर क्षेत्रमा घरदैलो कार्यक्रम सम्पन्न गर्नुभएको छ।

घरदैलो अभियानका क्रममा जेन–जेड युवा तथा स्थानीय बासिन्दाहरूले उम्मेदवार सिंहलाई फूलमाला लगाई भव्य स्वागत तथा सम्मान गरेका थिए। कार्यक्रममा सिंहले घर–घरमा पुगेर स्थानीयसँग प्रत्यक्ष भेटघाट गर्दै गाउँ–टोलका विभिन्न समस्या र जनगुनासाहरू सुन्नुका साथै ती समस्याहरू समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

उहाँले विशेषगरी युवाहरूका लागि रोजगारीका अवसर सिर्जना, गुणस्तरीय शिक्षाको पहुँच विस्तार तथा सहज र सुलभ स्वास्थ्य सेवाको व्यवस्था आफ्नो प्रमुख प्राथमिकतामा रहने बताउनुभयो। “युवालाई देशमै अवसर दिन सके मात्र समृद्ध समाज निर्माण सम्भव हुन्छ,” उहाँले भन्नुभयो।

कार्यक्रममा सहभागी स्थानीयवासीहरूले उम्मेदवार सिंहप्रति विश्वास व्यक्त गर्दै आगामी निर्वाचनमा विजयको अग्रिम शुभकामना दिएका थिए। साथै, उम्मेदवारको योग्यता, दृष्टिकोण र कार्यक्षमता अध्ययन गरेर मात्र मतदान गर्नुपर्ने धारणा पनि व्यक्त गरिएको थियो।

स्थानीयवासीहरूको उत्साहपूर्ण सहभागितामा सम्पन्न उक्त घरदैलो कार्यक्रमले जगरनाथपुर क्षेत्रमा उज्यालो नेपाल पार्टीप्रति बढ्दो जनसमर्थन देखिएको सहभागीहरूले बताएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once