Date
बिहि, बैशाख १७, २०८३
Thu, April 30, 2026
spot_img
17.1 C
Kathmandu

मुख्यमन्त्री बानियाँ हेलिकोप्टरमा वनभोजमा पुगे: सचिवालयले व्यक्तिगत खर्च दाबी

spot_img

काठमाडौं,१७ पुस । बाग्मती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँ हेलिकोप्टर चढेर सिराहा पुगेको विषयले सामाजिक सञ्जाल र मिडियामा चर्को आलोचना पाएको छ।

सिराहा कांग्रेस सभापति रामचन्द्र यादवले अंग्रेजी नयाँ वर्षको अवसरमा धनगढीमाई नगरपालिका–१४ स्थित सर्रेअम्बासमा आयोजना गरेको वनभोज कार्यक्रममा भाग लिन बानियाँ हेलिकोप्टरमार्फत हेटौंडाबाट सिराहा पुगेका थिए। यस विषयले आलोचना सुरु भएपछि मुख्यमन्त्रीको सचिवालयले स्पष्ट गर्दै, हेलिकोप्टर व्यक्तिगत खर्चमा प्रयोग गरिएको दाबी गरेको छ।

मुख्यमन्त्री बानियाका प्रमुख स्वकीय सचिव मिलन पुडासैनीले भने, “मुख्यमन्त्री बानियाँ आज बिहान सिन्धुपाल्चोकको गुम्बाडाँडामा भएको जलवायु परिवर्तन सम्बन्धि कार्यक्रममा सहभागी हुनु भएको थियो। त्यसपछि सिराहा पुगेर कांग्रेस सभापति रामचन्द्र यादवको निमन्त्रणामा आयोजित कार्यक्रममा सहभागी हुन हेलिकोप्टर प्रयोग गर्नु परेको हो। दुबै कार्यक्रममा सडक मार्गबाट पुग्नु असम्भव थियो, त्यसैले नितान्त व्यक्तिगत खर्चमा हेलिकोप्टर प्रयोग गरिएको जानकारी गराउन चाहन्छौं।”

उनले थपे, “सामाजिक सञ्जालमा फैलिएको भ्रममा नपर्न सबैमा अनुरोध गर्दछौं।”

यो घटना मुख्यमन्त्री बानियाँको गतिलो कार्यक्रम तालिका र व्यक्तिगत खर्चमा हेलिकोप्टर प्रयोगको विषयमा आलोचना र बहसको केन्द्र बनेको छ। विपक्षी र नागरिक सामाजिक सञ्जालमा यस विषयमा विचार व्यक्त गर्दै हेलिकोप्टर प्रयोगको औचित्य र सार्वजनिक प्रत्यक्ष खर्चबारे प्रश्न उठाइरहेका छन्।

मुख्यमन्त्रीले भने, दुबै कार्यक्रममा सहभागी हुन सडक मार्गबाट समयमै पुग्न सम्भव नभएकोले व्यक्तिगत खर्चमा हेलिकोप्टर प्रयोग गर्नु परेको र यसमा सरकारी कोष वा सार्वजनिक स्रोत प्रयोग नभएको स्पष्ट पारेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once