Date
बिहि, बैशाख ३१, २०८३
Thu, May 14, 2026
spot_img
17.1 C
Kathmandu

वीरगंजमा शीतलहरको असर, विद्यालयमा थप तीन दिन बिदा

spot_img

वीरगंज,१५ पुस । विगत केही दिनदेखि बढ्दो अत्यधिक चिसो र शीतलहरको प्रभावलाई मध्यनजर गर्दै वीरगंज महानगरपालिकाले आफ्नो मातहतका विद्यालय, मन्टेश्वरी र कोचिङ सेन्टरहरूमा थप ३ दिन बिदा दिने निर्णय गरेको छ।

महानगरपालिकाले मंगलबार जारी गरेको सूचनामा भनिएको छ कि विद्यार्थीहरूको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई ध्यानमा राखी पुस १६ गतेदेखि १८ गतेसम्म विद्यालयहरू बन्द रहनेछन्। यो बिदा वार्षिक संचित बिदाबाट कट्टा गरिनेछ।

महानगरपालिकाका अनुसार, यसअघि पनि शीतलहरकै कारण केही दिन विद्यालयहरू बन्द रहेका थिए। मौसममा सुधार नआएपछि अभिभावक र विद्यार्थीहरूको सुरक्षालाई प्राथमिकता दिँदै पुनः बिदा थप गरिएको हो।

थपिएको बिदा सकिएपछि पुस २० गते (आइतबार) देखि सबै विद्यालय, मन्टेश्वरी र कोचिङ सेन्टरहरू नियमित समयअनुसार सञ्चालन हुनेछन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once