Date
बिहि, बैशाख ३१, २०८३
Thu, May 14, 2026
spot_img
20.1 C
Kathmandu

एमाले ११औँ महाधिवेशन परिणाम: पर्साबाट ओली प्यानलका ३ जना केन्द्रीय सदस्य बने

spot_img

वीरगंज,०३ पुस । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत अध्यक्ष केपी शर्मा ओलीको प्यानलबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका पर्साका तीन जना उम्मेदवार विजयी भएका छन् ।

मतगणनाको पछिल्लो परिणामअनुसार ओली प्यानलबाट विभिन्न क्लस्टरमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका विजयकुमार सरावगी, प्रभु हजरा र निर्मला देवकोटा केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् ।

मधेसी (खुला) क्लस्टरबाट केन्द्रीय सदस्य उम्मेदवार बनेका वीरगञ्ज महानगरपालिकाका पूर्व मेयर विजयकुमार सरावगीले १ हजार ४३५ मत प्राप्त गर्दै विजयी भएका छन् । त्यसैगरी खुला दलित क्लस्टरबाट उम्मेदवारी दिएका निवर्तमान प्रतिनिधिसभा सदस्य तथा पार्टीका पर्सा जिल्ला इन्चार्ज प्रभु हजराले १ हजार ४६५ मत ल्याएर केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।

त्यस्तै, भूगोल (मधेसी) महिला क्लस्टरबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकी निवर्तमान प्रतिनिधिसभा सदस्य निर्मला देवकोटाले १ हजार ३२५ मत प्राप्त गरी विजयी भएकी छन् ।

पर्साबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका अन्य उम्मेदवारहरू भने पराजित भएका छन् ।

पराजित हुनेमा पूर्व मन्त्री तथा निवर्तमान प्रतिनिधिसभा सदस्य राजकुमार गुप्ता, पोखरिया नगरपालिकाका प्रमुख प्रद्युम्न चौहान, पूर्व मधेस प्रदेश सभा सदस्य प्रह्लाद गिरी, बसरुदीन अन्सारी, नेकपा (एमाले) वीरगञ्ज महानगर कमिटीका इन्चार्ज नवराज शर्मा, रन्जु फुयाँल र अरविन्द सिंह रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once