Date
बुध, बैशाख ३०, २०८३
Wed, May 13, 2026
spot_img
20.1 C
Kathmandu

चाँदीको भाउले तोड्यो रेकर्ड, प्रतितोला ४ हजार ५५ रुपैयाँ पुग्यो

spot_img

काठमाडौं,०२ पुष । बुधबार चाँदीको भाउले नेपाली बजारमा नयाँ इतिहास रचेको छ । पहिलो पटक चाँदीको मूल्य प्रतितोला ४ हजार नाघ्दै ४ हजार ५५ रुपैयाँमा पुगेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारका लागि चाँदीको मूल्य प्रतितोला ४ हजार ५५ रुपैयाँ तोकिएको छ । अघिल्लो दिनको तुलनामा चाँदीको भाउ तोलामा १७० रुपैयाँले बढेको हो।

यसअघि मंगलबार चाँदी प्रतितोला ३ हजार ८८५ रुपैयाँमा कारोबार भएको थियो । एक साताभित्रै चाँदीको भाउले लगातार नयाँ रेकर्ड बनाउँदै आएको छ । यसअघि गत बुधबार चाँदीको मूल्य प्रतितोला ३ हजार ९०५ रुपैयाँ पुगेको थियो।

यता, सुनको मूल्य पनि बुधबार बढेको छ । सुनको भाउ तोलामा ७ सय रुपैयाँले वृद्धि हुँदै प्रतितोला २ लाख ५९ हजार ७ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन सुन प्रतितोला २ लाख ५९ हजार रुपैयाँमा कारोबार भएको थियो।

यसअघि सोमबार सुनको मूल्य हालसम्मकै उच्च २ लाख ६० हजार ७ सय रुपैयाँ पुगेको रेकर्ड रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once