Date
बुध, बैशाख ३०, २०८३
Wed, May 13, 2026
spot_img
20.1 C
Kathmandu

एमाले नेतृत्व निर्वाचनमा ढिलाइ, भोलि बिहान ८ बजे सुरु हुने

spot_img

काठमाडौं,०१ पुष । नेकपा एमालेको नेतृत्व चयनका लागि हुने भनिएको मतदान प्राविधिक कारणले स्थगित भएको छ।

महासचिव शंकर पोखरेलले मतदानस्थलमै पुगेर जानकारी दिनुहुँदै मतदान प्रक्रिया भोलि बिहान ८ बजेदेखि सुरु हुने जानकारी दिएका छन्।

पोखरेलले भने, “प्राविधिक कारणले गर्दा मतदान प्रक्रिया सुरु गर्न सकिएको छैन। चिसो मौसमका कारण लामो समय प्रतिक्षा सम्भव छैन। त्यसैले आज गर्ने भनिएको मतदान भोलि बिहान ८ बजेदेखि यसै स्थानमा गरिने जानकारी गराइन्छ।”

नेतृत्व चयनका लागि मतदान आज साँझ ७ बजेदेखि भृकुटीमण्डपमा सुरु हुने तय गरिएको थियो। तर प्राविधिक तयारी नपुगेको कारण मतदानमा ढिलाइ भएको थियो। यसअघि दिउँसो १ बजेदेखि निर्वाचन सुरु हुने भनिएको थियो।

मतदाताहरू भने मतदान हुने आशामा लाइनमै बसेका थिए, तर स्थगित भएपछि उनीहरूले भोलि बिहानको समयसम्म प्रतीक्षा गर्ने भएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once