Date
बुध, बैशाख ३०, २०८३
Wed, May 13, 2026
spot_img
20.1 C
Kathmandu

सुन–चाँदीको भाउ: सुनमा गिरावट, चाँदीमा सानो वृद्धि

spot_img

काठमाडौं,०१ पुष । अघिल्लो दिन हालसम्मकै उच्च मूल्य रेकर्ड बनाएको सुनको भाउ मंगलबार घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य प्रतितोला १ हजार ७ सय रुपैयाँले घटेको हो। यससँगै मंगलबारका लागि सुनको मूल्य प्रतितोला २ लाख ५९ हजार रुपैयाँ तोकिएको छ। अघिल्लो दिन सुन प्रतितोला २ लाख ६० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

यसैबीच चाँदीको मूल्य भने बढेको छ। महासंघका अनुसार अघिल्लो दिन प्रतितोला ३ हजार ८७० रुपैयाँ रहेको चाँदी आज १५ रुपैयाँ बढेर प्रतितोला ३ हजार ८८५ रुपैयाँ कायम भएको छ।

अन्तर्राष्ट्रिय बजारको उतारचढाव र स्थानीय माग–आपूर्तिको प्रभावले सुनचाँदीको मूल्यमा दैनिक परिवर्तन देखिँदै आएको व्यवसायीहरू बताउँछन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once