Date
बुध, बैशाख ३०, २०८३
Wed, May 13, 2026
spot_img
20.1 C
Kathmandu

निर्वाचन कार्यक्रममा बालबालिकाको प्रयोग रोक्नेबारे आयोग र मन्त्रीहरूबीच छलफल

spot_img

काठमाडौं,०१ पुष । निर्वाचन आयोग आगामी निर्वाचनसँग सम्बन्धित कार्यक्रमहरूमा बालबालिकाको गैरकानुनी प्रयोग रोक्ने विषयमा सरोकारवाला मन्त्रीहरूसँग छलफल गर्दैछ।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार आज दिउँसो २ बजे कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिल सिन्हा, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेल र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठसँग आयोगले छलफल गर्न लागेको हो।

छलफलमा निर्वाचनसँग सम्बन्धित कार्यक्रमहरूमा बालबालिकाको प्रयोग रोक्ने, मतदान केन्द्रहरूलाई अपांगता भएका व्यक्ति तथा ज्येष्ठ नागरिकमैत्री बनाउने, निर्वाचनमा समानुपातिक प्रतिनिधित्व प्रवर्द्धन गर्ने तथा मतदाता शिक्षा कार्यक्रमको प्रभावकारी कार्यान्वयनलगायतका विषयमा केन्द्रित रहने प्रवक्ता भट्टराईले जानकारी दिए।

आयोगले निर्वाचन प्रक्रियालाई समावेशी, मर्यादित र कानुनी ढंगले अघि बढाउन सम्बन्धित मन्त्रालयहरूसँग सहकार्य गर्दै आवश्यक नीति तथा कार्ययोजना तयार गर्ने तयारी गरेको जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once