Date
बुध, बैशाख ३०, २०८३
Wed, May 13, 2026
spot_img
20.1 C
Kathmandu

ऊर्जा क्षेत्रमा लगानी विस्तार गर्न नेपालले कोरियासँग गर्‍यो आग्रह

spot_img

काठमाडौं,२९ मंसिर । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव चिरञ्जीवी चटौतले कोरियाली लगानीकर्तासँग नेपालको ऊर्जा क्षेत्रको विकासका लागि साझेदारी गर्न नेपाल सरकार तयार रहेको बताएका छन् ।

काठमाडौंमा सोमबार सम्पन्न ‘नेपाल कोरिया ऊर्जा सेमिनार-२०२५’ लाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । सचिव चटौतले नेपाल र कोरियाबीच व्यपार सम्झौता, संयुक्त उद्यम, श्रम सहयोग, उपलव्ध स्रोतहरूको सही परिचालन गरेर लाभ लिन सक्ने बताए ।

दुई देशबीचको अर्ध शताब्दीभन्दा लामो सहकार्यको स्मरण गराउँदै भविष्यमा नेपालको ऊर्जा, जलस्रोत तथा सिँचाइ क्षेत्रमा थप कोरियाली लगानीले सार्थकता पाउने खुलाए । उनले आगामी दिनहरूमा नेपालको ऊर्जा, जलस्रोत र सिँचाइ क्षेत्रमा थप कोरियाली लगानी आकर्षित गर्नका लागि कोरिया सरकारसँग अपेक्षा राखे। कार्यक्रममा नेपालका लागि कोरियाली राजदूत पार्क थेयङले कोरिया सरकारले नेपालको विकास र समृद्धिको यात्राको सहकार्य ५० वर्षभन्दा लामो रहेको धारणा व्यक्त गरे ।

दुई देशबीचको आपसी सहकार्य आवश्यकताको आधारमा रहेको उनले खुलाए । कोरियाली लगानीकर्ताले नेपालको ऊर्जा क्षेत्रमा साझेदारीका रूपमा तीनवटा जलविद्युत् आयोजना निर्माण गरेको उल्लेख गरे । उनले ऊर्जा क्षेत्रमा नेपाल र कोरियाबीच सहकार्यको प्रचुर सम्भावना रहेको खुलाउँदै आयोजित सेमिनारलाई ऊर्जा क्षेत्रका कम्पनीहरूबीच एकअर्काको आवश्यकता बुझ्न र भविष्यका परियोजनाहरूको सम्भावनाको बारेमा ज्ञान लिन तथा अन्वेषण गर्ने अवसरको रूपमा सदुपयोग हुने बताए ।

सेमिनारमा, कोरियाली कम्पनीहरूले नेपालको ऊर्जा क्षेत्रमा सहकार्यका सम्भावना तथा चुनौतीका बारेमा आआफ्नो धारणा राखेका थिए । सेमिनारमा नेपालका ऊर्जा क्षेत्रका लगानी कर्ता, कोरियाली ऊर्जा क्षेत्रका लगानीकर्ता लगायतको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once