Date
बुध, बैशाख ३०, २०८३
Wed, May 13, 2026
spot_img
20.1 C
Kathmandu

सुनको भाउ हालसम्मकै महँगो, बजारमा नयाँ रेकर्ड

spot_img

काठमाडौं,२८ मंसिर । आइतबार नेपाली बजारमा सुनको भाउ हालसम्मकै उच्च भएको छ । आइतबार सुनको मूल्यले २ महिनाअघिको रेकर्ड तोडेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ५८ हजार ८ सय रुपैयाँ तोकेको छ । यसअघि असोज ३१ गते सुनको भाउले २ लाख ५८ हजार रुपैयाँको रेकर्ड बनाएको थियो ।

अघिल्लो दिनको तुलनामा आज सुनको भाउ २ हजार २ सय रुपैयाँ बढेको हो । अघिल्लो दिन २ लाख ५६ हजार ६ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा भने कात्तिक ३ गते (अक्टोबर २०) को रेकर्ड अझै तोडिएको छैन । सो दिन प्रतिऔंस ४ हजार ३५६ अमेरिकी डलर पुगेको सुनको भाउ अहिले ४ हजार ३०० अमेरिकी डलर छ । सो दिन तिहारको बिदाका कारण नेपालमा मूल्य समायोजन हुन पाएको थिएन ।

अर्कोतर्फ अमेरिकी डलरको मूल्यवृद्धिले पनि अन्तर्राष्ट्रिय बजारमाभन्दा छिटो मूल्य तोडिएको महासंघले जनाएको छ ।

चाँदीको भाउ भने रेकर्ड मूल्यबाट घटेको छ । अघिल्लो दिन हालसम्मकै उच्च प्रतितोला ३ हजार ९०५ रुपैयाँको उच्चतम रेकर्ड बनाएको चाँदी आज ८० रुपैयाँ घटेको हो । आज प्रतितोला ३ हजार ८२५ रुपैयाँ मूल्य तय भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once