Date
बुध, बैशाख ३०, २०८३
Wed, May 13, 2026
spot_img
20.1 C
Kathmandu

एनपीएल फाइनल आज : सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स उपाधिका लागि भिड्दै

spot_img

काठमाडौं,२७ मंसिर । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फाइनल खेल आज हुँदैछ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो ३:३० बजे सुरु हुने फाइनल खेलमा साविक उपविजेता सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स उपाधिका लागि भिड्नेछन्।

सुदूरपश्चिम रोयल्सले पहिलो क्वालिफायरमा विराटनगर किङ्सलाई ७७ रनले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो। यता, लुम्बिनी लायन्सले दोस्रो क्वालिफायरमा विराटनगरलाई ४० रनले हराउँदै उपाधि होडमा प्रवेश गरेको हो। पहिलो क्वालिफायरमा सुदूरपश्चिमसँग पराजित भएको विराटनगरले दोस्रो क्वालिफायर खेल्ने अवसर पाएको थियो।

दिपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिम यस संस्करणको बलियो दाबेदार टोली मानिन्छ। गत संस्करणको फाइनलमा जनकपुर बोल्ट्ससँग ५ विकेटले पराजित भएको सुदूरपश्चिम यसपटक उपाधि उचाल्ने लक्ष्यसहित मैदान उत्रनेछ।

अर्कोतर्फ, रोहित पौडेलको नेतृत्वमा रहेको लुम्बिनी लायन्स गत संस्करणमा लिग चरणबाटै बाहिरिएको थियो। यसपटक भने उत्कृष्ट प्रदर्शन गर्दै फाइनलसम्म पुगेको लुम्बिनी पहिलोपटक एनपीएल उपाधि जित्ने लक्ष्यमा छ। लिग चरणमा यी दुई टोलीबीच भएको भेटमा सुदूरपश्चिमले ७ विकेटको जित हात पारेको थियो।

नेपाल क्रिकेट सङ्घ (क्यान)को आयोजनामा मङ्सिर १ गतेदेखि सुरु भएको प्रतियोगितामा आठ टोली सहभागी थिए। प्रतियोगिताको विजेता टोलीले १ करोड १० लाख रुपैयाँ, उपविजेता टोलीले ५१ लाख, तेस्रो टोलीले २५ लाख र चौथो टोलीले १५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ। रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once