Date
शनि, बैशाख ५, २०८३
Sat, April 18, 2026
spot_img
19.1 C
Kathmandu

समानुपातिक निर्वाचनका लागि १०० दलको आवेदन, आयोगमा चहलपहल बढ्यो

spot_img

काठमाडौँ,२४ मंसिर । समानुपातिक निर्वाचन प्रणालीका लागि १०० वटा राजनीतिक दलले निर्वाचन आयोगमा आवेदन दिएका छन्।

आगामी फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ लागू हुने गरी दलहरूले निर्धारित समयसीमाभित्र निवेदन बुझाएका हुन्।

निर्वाचन आयोगका अनुसार यही मङ्सिर २१ देखि २३ गतेसम्म समानुपातिक निर्वाचन प्रयोजनका लागि दल दर्ताको समयसीमा तोकिएको थियो। उक्त अवधिभित्र संयुक्त निर्वाचन चिह्न तथा एकल निर्वाचन चिह्न प्रयोग गर्ने गरी १०० राजनीतिक दलबाट आवेदन प्राप्त भएको आयोगले जनाएको छ।

प्राप्त आवेदনের आवश्यक अध्ययन तथा परीक्षणपछि यही मङ्सिर २६ गतेसम्म दर्ता स्वीकृत गरिने आयोगको कार्यतालिकामा उल्लेख छ। आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यसूचीअनुसार समानुपातिक निर्वाचनतर्फका बन्द सूचीहरू आगामी पुस १३ र १४ गते पेश गर्नुपर्नेछ।

उक्त बन्द सूचीमाथि प्रारम्भिक अध्ययनपश्चात् आगामी माघ ४ गते प्रारम्भिक सूची प्रकाशन गरिनेछ। प्रारम्भिक सूचीमाथि दावी–विरोध तथा आवश्यक छानबिन गरी आगामी माघ २० गते अन्तिम सूची सार्वजनिक गर्ने आयोगको तयारी छ।

कुल २७५ सदस्यीय प्रतिनिधिसभामध्ये १६५ सदस्य प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचित हुनेछन् भने ११० सदस्य समानुपातिक निर्वाचन प्रणालीमार्फत चयन हुने प्रावधान रहेको छ।

आयोगका अनुसार निर्वाचनको निष्पक्ष, समावेशी र संविधानसम्मत व्यवस्थाका लागि सबै प्रक्रिया निर्धारित कार्यसूचीअनुसार अघि बढाइनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once