Date
बुध, बैशाख ३०, २०८३
Wed, May 13, 2026
spot_img
25.1 C
Kathmandu

बजारमा सुन–चाँदी महँगियो, चाँदीले पछिल्लो रेकर्ड नजिकियो

spot_img

वीरगंज,२४ मंसिर । नेपालमा बुधबार सुन–चाँदीको भाउमा पुनः वृद्धि भएको छ। अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला १५० रुपैयाँले महँगिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

अघिल्लो दिन प्रतितोला ३ हजार ६ सय रुपैयाँमा कारोबार भएको चाँदी आज बढेर ३ हजार ७५० रुपैयाँ पुगेको छ। यसअघि गत बुधबार चाँदीको भाउले ३ हजार ६५५ रुपैयाँको उच्चतम रेकर्ड बनाएको थियो।

यस्तै, सुनको भाउ पनि बढेको छ। अघिल्लो दिन प्रतितोला २ लाख ५१ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज बुधबार २ लाख ५२ हजार १ सय रुपैयाँ पुगेको महासंघले जानकारी दिएको छ।

तर सुनको मूल्य भने गत असोज ३१ गते बनेको उच्चतम रेकर्ड नाघ्न सकेको छैन। उक्त दिन सुन प्रतितोला २ लाख ५८ हजार रुपैयाँमा कारोबार भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once