Date
बिहि, बैशाख १७, २०८३
Thu, April 30, 2026
spot_img
16.1 C
Kathmandu

जेनजी शहीदको सम्झनामा संसद् अगाडि दीप प्रज्वलन

spot_img

काठमाडौं । जेनजी शहीदहरूको सम्झनामा दीप प्रज्वलन गरिएको छ । मंगलबार साँझ संसद् भवन अगाडि जेनजी शहीदको स्मरणमा दीप प्रज्वलन गरिएको हो । शहीद परिवार, घाइते परिवार लगायतका युवाहरूले दीप प्रज्वलन गरेका हुन् ।

दीप प्रज्वलन कार्यक्रममा गृहमन्त्री ओमप्रकाश अर्याल समेत सहभागी भएका थिए । सो क्रममा उनले जेनजी शहीद योद्धाका अधुरा सपना पूरा गर्दै भ्रष्टाचारको अन्त्य र सुशासन कायम गर्नु नै यो सरकारको प्रमुख कार्यभार भएको बताए ।

गृहमन्त्री अर्यालले शहीदका सपनालाई साकार पार्नु यो सरकारको चुनाव पछिको अर्को प्रमुख जिम्मेवारी भएको बताए ।
गत २३ र २४ भदौमा जेनजीहरूले भ्रष्टाचारको विरोधमा प्रदर्शन गरेका थिए । आन्दोलनका क्रममा निषेधित क्षेत्र तोडेर संसद् भवनमा प्रवेश गर्न खोजेपछि प्रहरीले चलाएको गोली लागेर जेनजी प्रदर्शनकारीहरूको मृत्यु भएको थियो ।

सरकारले जेनजी आन्दोलनका ४५ जना शहीदहरूलाई जेनजी सुशासन योद्धाका रूपमा सम्मान गर्ने निर्णय समेत गरिसकेको छ । 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once