Date
आइत, जेष्ठ २४, २०८३
Sun, June 7, 2026
spot_img
27.7 C
Kathmandu

जेनजी अभियान अगुवा गुरुङ प्रधानमन्त्रीसँग भेट, सम्झौता प्रक्रियामा चासो

spot_img

काठमाडौं,२३ मंसिर । जेनजी अभियानका अगुवा सुदन गुरुङले शुक्रबार प्रधानमन्त्री सुशीला कार्कीसँग सिंहदरबारमा भेट गरेका छन्। भेटका क्रममा गुरुङले सरकार र जेनजीबीच हुँदै आएको सम्झौता प्रक्रियामा भएको प्रगति बारे चासो व्यक्त गर्दै उक्त प्रक्रिया छिटो टुंग्याउन आग्रह गरेका थिए।

गुरुङले जेनजी आन्दोलनलाई औपचारिक मान्यता दिने गरी सम्झौता अघि बढाउनुपर्ने र समापन चरणमा पुगेपछि राष्ट्रपतिसमक्ष हस्ताक्षर प्रक्रिया अघि बढाउनुपर्नेमा जोड दिए।

भेटमा उनले आन्दोलनमा सहभागी भएका केही युवामाथि प्रहरीले गरेको धरपकड, धरौटी तिर्न नसक्ने अवस्था र त्यसकै कारण पुर्पक्षका लागि थुनामा पर्नुपरेको घटना प्रति पनि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए।

गुरुङसँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन साहका सचिवालय सदस्य कुमार बेन पनि प्रधानमन्त्री कार्कीलाई भेट्न सिंहदरबार पुगेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once