बारा–४ मा आजपाको भव्य भेला: १५१ सदस्यीय निर्वाचन समिति गठन

spot_img

बारा,२३ मंसिर । बारा जिल्ला क्षेत्र नं.–४ मा आम जनता पार्टी (आजपा) द्वारा आयोजित क्षेत्रीय भेला परवानीपुर गाउँपालिकाको रामपुर पानीगाछी चोकमा भव्यताका साथ सम्पन्न भएको छ।

भेलाले भ्रष्टाचारविरुद्ध दृढ संकल्प व्यक्त गर्दै राकेश बैठाको अध्यक्षतामा १५१ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको जानकारी गराइएको छ।

कार्यक्रममा समाजसेवी तथा प्रतिनिधि सभा सदस्यका प्रत्यासी ईच्छा वागले, मौलापुर नगरपालिकाकी मेयर रिना साह, पार्टीका केन्द्रिय सदस्य अशोक लामा, केन्द्रिय प्रवक्ता चन्द्रभूषण साह, मधेश प्रदेश अध्यक्ष उमेश कुशवाहालगायतको विशेष उपस्थिति रहेको थियो।

भेलामा स्थानीय जनता तथा समर्थकहरूको उत्साहजनक सहभागिता रहेको आयोजकहरूले बताएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once