Date
मङ्ल, बैशाख १५, २०८३
Tue, April 28, 2026
spot_img
21.1 C
Kathmandu

जगरनाथपुर गाउँपालिकाका २ वडामा सम्पन्न निःशुल्क आँखा शिविरबाट ४६४ जनालाई सेवा

spot_img

वीरगंज,२३ मंसिर । पर्साकाे जगरनाथपुर गाउँपालिकाका दुई वडामा सम्पन्न निःशुल्क आँखा शिविरहरूबाट कुल ४६४ जना स्थानीयवासी प्रत्यक्ष रूपमा लाभान्वित भएका छन् ।

स्वास्थ्य सेवाप्रति स्थानीयको पहुँच सहज बनाउने उद्देश्यले विभिन्न संस्थाहरूको समन्वयमा आयोजित यी शिविरहरूले मोतियाविन्दसहित विविध आँखा रोगका प्रारम्भिक परीक्षणदेखि औषधि वितरणसम्मका सेवा प्रदान गरेका हुन् ।

गाउँपालिकाको वडा नं. ४ सुहपुरस्थित जनमत पार्टी कार्यालयको खेलमैदानमा आयोजित पहिलो शिविर जनमत पार्टीको आयोजना तथा सामुदायिक आँखा केन्द्र वीरगंजको प्राविधिक सहयोगमा सम्पन्न भएको थियो । सो शिविरमा १४७ जनाले आँखा परीक्षण गराएका थिए । परीक्षणमा ३१ जनामा मोतियाविन्दको समस्या देखिएको र २३ जनालाई निःशुल्क आँखा ड्रप वितरण गरिएको को–अर्डिनेटर राजेश चौधरीले जानकारी दिए । उनका अनुसार मोतियाविन्द पुष्टि भएका बिरामीहरूको यहि मंसिर २४ गते बुधबार वीरगंजमा पूर्ण रूपमा निःशुल्क शल्यक्रिया गराइनेछ। कार्यक्रमको नेतृत्व मधेश प्रदेशका सांसद बृजेश्वर प्रसाद चौधरीले गरेका थिए ।

यस्तै, यसअघि आइतबार वडा नं. २ पाणेपुरस्थित श्री नेरा प्रा. विद्यालयको प्राङ्गणमा सामाजिक संस्था ‘दाइजो एवं सामाजिक कुरीति विरुद्ध जागरण मञ्च’को आयोजना तथा केडिया आँखा अस्पताल, परवानीपुरको प्राविधिक सहयोगमा अर्को निःशुल्क आँखा शिविर सम्पन्न भएको थियो । सो शिविरमा ३१७ जनाले सेवा लिएका थिए । परीक्षणमा १०७ जनामा मोतियाविन्द देखा परेका तथा ९४ जनालाई निःशुल्क ड्रप वितरण गरिएको आयोजक संस्थाले जनाएको छ ।

लगातार दुई दिनमा दुई वडामा सम्पन्न यी शिविरहरूले जगरनाथपुर गाउँपालिकामा बढ्दै गएको आँखा समस्या पहिचान र समयमै उपचार सुनिश्चित गर्न महत्त्वपूर्ण योगदान पुर्‍याएको स्थानीयहरूले बताएका छन् । स्थानीय तह, सामाजिक संस्था र स्वास्थ्य संस्थाबीचको सहकार्यले आगामी दिनमा अझ प्रभावकारी सेवा विस्तारको अपेक्षा गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once