Date
मङ्ल, बैशाख १५, २०८३
Tue, April 28, 2026
spot_img
21.1 C
Kathmandu

कांग्रेस पर्सा क्षेत्र नं. १ बाट अनिल रुङ्टाको नाम सिफारिस

spot_img

वीरगंज,२१ मंसिर । नेपाली कांग्रेस प्रतिनिधि सभा पर्सा क्षेत्र नं. १ को क्षेत्रीय कार्य समिति बैठक कार्यवाहक क्षेत्रीय सभापति अनिल सिंहको अध्यक्षतामा सम्पन्न भएको छ । बैठकले आगामी संघीय निर्वाचनका लागि क्षेत्र नं. १ बाट अनिल कुमार रुङ्टालाई सर्वसम्मतरूपमा सिफारिस गर्ने निर्णय गरेको सहभागिहरूले जानकारी दिएका छन् ।

बैठकमा प्रत्यक्ष तथा समानुपातिक तर्फका उम्मेदवार सिफारिस, सक्रिय सदस्यता नवीकरण तथा नयाँ सदस्यता वितरणलगायत विषयमा विस्तृत छलफल गरिएको थियो ।

बैठकमा धारणा राख्दै केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य अनिल कुमार रुङ्टाले महाधिवेशनलाई संगठनको भविष्य निर्धारण गर्ने महत्वपूर्ण चरणका रूपमा व्याख्या गर्दै पार्टीभित्र एकता, पारदर्शिता र योग्यता (मेरिट)का आधारमा नेतृत्व चयन हुनुपर्ने आवश्यकता बढेको बताए । उनले क्षेत्र नं. १ मा देखिएको सक्रियताले महाधिवेशनमा महत्वपूर्ण प्रभाव पर्ने विश्वास व्यक्त गरे ।

त्यसैगरी पर्सा जिल्ला कार्यवाहक सभापति रामनारायण कुर्मीले क्षेत्रीय कार्यकर्ताको एकता, अनुशासन र सक्रियताले संगठन सबल बन्दै गएको उल्लेख गरे । उनले महाधिवेशनलाई सुधार, पुनर्संरचना र नेतृत्व गुणस्तर वृद्धि गर्ने अवसरको रूपमा उपयोग गर्नुपर्ने बताए । कुर्मीका अनुसार पारदर्शी र परिणाममुखी राजनीतिक संस्कृतिले कांग्रेसलाई जनताबीच अझ विश्वसनीय बनाउन मद्दत गर्नेछ ।

बैठकमा केन्द्रीय सदस्य अनिल रुङ्टा, कार्यवाहक जिल्ला सभापति रामनारायण कुर्मी, सचिव इम्तियाज आलम, नेविसंघका संस्थापक राजकृष्ण अमात्य, पूर्व जिल्ला उपसभापति राजु गुप्ता, पूर्व नगर सभापति विजय सर्राफ, युवा नेता कन्हैया ठाकुर, रामनिवास यादव, बाबुनन्द पटेल, प्रेस युनियन मधेश प्रदेशका लेखा सदस्य राहुल गुप्ता लगायत क्षेत्र नं. १ का निर्वाचित प्रतिनिधिहरू, नगरपालिका तथा वडा सभापतिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once