Date
बुध, बैशाख ३०, २०८३
Wed, May 13, 2026
spot_img
24.1 C
Kathmandu

नेपाल राष्ट्र बैंकले सार्वजनिक गर्यो आजको नयाँ विदेशी विनिमय दर

spot_img

काठमाडौं,११ मंसिर । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको नयाँ विनिमय दर सार्वजनिक गरेको छ। बैंकले प्रकाशित गरेको दरअनुसार प्रमुख अन्तर्राष्ट्रिय मुद्राहरूको खरिद तथा बिक्री मूल्यमा सामान्य उतार–चढाव देखिएको छ।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ५४ पैसा र बिक्रीदर १४३ रुपैयाँ १४ पैसा निर्धारण गरिएको छ।
युरोपियन युरो एकको खरिददर १६४ रुपैयाँ ९४ पैसा र बिक्रीदर १६५ रुपैयाँ ६३ पैसा कायम गरिएको छ। त्यस्तै, ब्रिटिस पाउन्ड स्ट्रलिङ एकको खरिददर १८७ रुपैयाँ ४८ पैसा र बिक्रीदर १८८ रुपैयाँ २६ पैसा तोकिएको छ। स्विस फ्र्याङ्क एकको दर क्रमशः १७६ रुपैयाँ ६७ पैसा र १७७ रुपैयाँ ४२ पैसा राखिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ४९ पैसा र बिक्रीदर ९२ रुपैयाँ ८८ पैसा छ भने क्यानेडियन डलर एकको खरिद–बिक्री दर क्रमशः १०१ रुपैयाँ १७ पैसा र १०१ रुपैयाँ ६० पैसा निर्धारण गरिएको छ।
सिङ्गापुर डलर एकको खरिददर १०९ रुपैयाँ ७४ पैसा र बिक्रीदर ११० रुपैयाँ २१ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ११ पैसा र बिक्रीदर नौ रुपैयाँ १५ पैसा तोकिएको छ।
चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ १३ पैसा र बिक्रीदर २० रुपैयाँ २२ पैसा कायम भएको छ।
साउदी रियाल एकको खरिददर ३८ रुपैयाँ ०० पैसा र बिक्रीदर ३८ रुपैयाँ १६ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ११ पैसा र बिक्रीदर ३९ रुपैयाँ २८ पैसा तोकिएको छ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ४२ पैसा र बिक्रीदर चार रुपैयाँ ४४ पैसा निर्धारण गरिएको छ।
युएई दिराम एकको खरिददर ३८ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३८ रुपैयाँ ९७ पैसा रहेको छ।
मलेसियन रिङ्गेट एकको दर ३४ रुपैयाँ ४६ पैसा र ३४ रुपैयाँ ६१ पैसा तोकिएको छ।
दक्षिण कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ६७ पैसा र बिक्रीदर नौ रुपैयाँ ७१ पैसा उल्लेख गरिएको छ।
स्विडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ९५ पैसा र बिक्रीदर १५ रुपैयाँ ०२ पैसा, डेनिस क्रोनर एकको दर २२ रुपैयाँ ०८ पैसा र २२ रुपैयाँ १८ पैसा निर्धारण गरिएको छ।

यस्तै, हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ३३ पैसा र बिक्रीदर १८ रुपैयाँ ४० पैसा, कुवेती दिनार एकको खरिददर ४६४ रुपैयाँ १९ पैसा र बिक्रीदर ४६६ रुपैयाँ १५ पैसा तोकिएको छ।
बहराइन दिनार एकको खरिददर ३७८ रुपैयाँ ०९ पैसा र बिक्रीदर ३७९ रुपैयाँ ६८ पैसा, ओमानी रियाल एकको खरिददर ३७० रुपैयाँ २३ पैसा र बिक्रीदर ३७१ रुपैयाँ ७९ पैसा कायम भएको छ।

यससँगै भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको बैंकले जनाएको छ।

राष्ट्र बैंकले आवश्यकतानुसार विनिमय दर जुनसुकै समयमा पनि परिमार्जन गर्न सकिने बताएको छ। वाणिज्य बैंकहरूले तोक्ने दर केन्द्रीय बैंकको दरभन्दा केही फरक हुन सक्ने तथा सबै अद्यावधिक विवरण राष्ट्र बैंकको वेबसाइटमा उपलब्ध रहने जानकारी पनि बैंकले दिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once