Date
बुध, बैशाख ३०, २०८३
Wed, May 13, 2026
spot_img
24.1 C
Kathmandu

त्रिवि सह-प्राध्यापक डिल्लीराम प्रसाईंसहित चार जनाविरुद्ध फर्जी पीएचडीमा भ्रष्टाचार मुद्दा

spot_img

काठमाडौं,१० मंसिर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विश्वविद्यालयका सह-प्राध्यापक डिल्लीराम प्रसाईंसहित चार जनाविरुद्ध फर्जी पीएचडी प्रमाणपत्र पेश गरी सह–परीक्षा नियन्त्रक पदमा नियुक्ति पाएको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगका अनुसार प्रसाईंले अधुरो पीएचडी शोधपत्र स्थगनमा रहँदा आफूले पूर्ण पीएचडी प्राप्त भएको झुटा विवरण प्रस्तुत गरे। यस आधारमा उनले ८ अंकको शैक्षिक अंक लिएर २०८१ मंसिर १८ गते विराटनगर क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयमा सह–परीक्षा नियन्त्रकमा नियुक्ति पाए।

छानबिनमा प्रसाईंले सीभी, प्रमाणपत्र र सेमिनार सर्टिफिकेटमा ‘डा.’ उपाधि प्रयोग गरी गलत विवरण पेश गरेको पाइएको छ। अख्तियारले चयन समितिका संयोजक प्रा. डा. जयालक्ष्मी प्रधान र सदस्यहरू प्रा. डा. मोतीलाल शर्मा र प्रा. डा. मेघराज पोख्रेलले पनि मिलेमतो गरी चयन प्रक्रियामा हस्तक्षेप गरेको निष्कर्ष निकालेको छ।

आयोगले उनीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ का विभिन्न दफाबमोजिम कैद र जरिवानाको माग गरेको छ। प्रवक्ता राजेन्द्र पौडेलका अनुसार, प्रसाईंमाथि मुख्य कसूरदारसरह सजाय हुनुपर्ने माग पनि गरिएको छ। साभार:खबरहब

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once