Date
बुध, बैशाख ३०, २०८३
Wed, May 13, 2026
spot_img
19.1 C
Kathmandu

चितवनका 20 औषधि पसलमध्ये एक बन्द, 19 मा कैफियत फेला

spot_img

वीरगंज, ६ मंसिर । औषधी व्यवस्था विभाग, शाखा कार्यालय वीरगंजद्वारा गठन गरिएको निरीक्षण टोलीले बागमती प्रदेश अन्तर्गत चितवन जिल्लामा रहेको ८ वटा अस्पताल फार्मेसी र १२ वटा सामुदायिक औषधी पसलमा अनुगमन तथा निरीक्षण संचालन गरेको कार्यालय प्रमुख शम्भु शाहले जानकारी दिएका छन् ।

अनुगमनका क्रममा १९ वटा औषधी पसलमा विभिन्न प्रकारका सामान्य कैफियत भेटिएका छन् भने कानुनी मापदण्ड पूरा नगरेको पाइएपछि एकवटा औषधी पसल तत्काल बन्द गराइएको निरीक्षक रवि चौधरी थारुले बताए । अनुगमनका क्रममा भेटिएका कैफियतहरूमा १५ वटा फार्मेसीमा लागू तथा मनोदीपक औषधिहरूको रेकर्ड दुरुस्त नरहेको, ७ वटा फार्मेसीमा ‘रिजर्भ गु्रप या एन्टिवायटिक’ को अनुचित भण्डारण तथा अभिलेख व्यवस्थापन कमजोर रहेको, २ वटा फार्मेसीमा फार्मासिस्ट अनुपस्थित रहेको, साथै अधिकांश औषधी पसलमा औषधीजन्य खाद्य पूरकहरू ‘फुड सप्लिमेन्टस्‌’ अत्यधिक मात्रामा बिक्री–वितरण भइरहेको तथ्य फेला परेको निरीक्षक चौधरीले जानकारी दिए ।


उनका अनुसार विभागको मापदण्डअनुसार आवश्यक कागजात, अभिलेख व्यवस्थापन, औषधीको सुरक्षित भण्डारण तथा दक्ष जनशक्ति उपलब्धतामा कमजोरी देखिनुले अबका दिनमा अनुगमन अझ कडाइका साथ निरन्तर चलाइनेछ ।
कार्यालय प्रमुख शम्भु शाहले पनि औषधी गुणस्तर, अनुशासन, र उपभोक्ता सुरक्षालाई प्राथमिकतामा राख्दै आगामी दिनमा अनुगमन अभियान झनै तीव्र रूपमा निरन्तर संचालन गरिने बताए । अनुगमन टोलीमा विभागका निरीक्षक रवि चौधरी थारु र दिपेश यादव सहभागी थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once